Saturday, 20 September 2025

आध्यात्मिक साहित्य: सफल ‘जीवन’ असफल ‘म’

 लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन




कथा


“आउन गाउन मिलनको गीत, सजायन हाम्रो पिरतीको जित...”


स्कुलको शिक्ष पूरा गरेको करिव २५ वर्षपछि हामी स्कुलदेखिका केही साथीहरु आपसमा निकटता बढाउने योजना बनाएर आन्तरिक पर्यटक भएर मकवानपुरको दामन घुम्न गएका थियौं । सबै जना अबेर साँझ चिसो जुनेली रातमा रेस्टुरेन्टको फराहिलो प्रांगणमा दाउराको ठूलो आगो ताप्दै डिजेले बजाएको सपना चलचित्रको ‘आउन गाउन मिलनको गीत, सजाउन हाम्रो पिरतीको जित...’ सुमधूर गीतमा झुम्दै बार्बीक्यु पार्टीमा रमाइरहेका थियौं । हामी आ–आफ्नो किसिमले गफिदै, कोही मदिराको नशामा, कोही जीवनको सफलताको नशामा, कोही आ–आफ्नो जोडीसंगको प्रेमको नशामा, कोही रातको जुनेलीको नशामा हाँस्दै, गाउदै, नाच्दै रमाइलो गरिरहेका थियौं । शिरमाथि खुल्ला आकाशमा जुन, तारा, नक्षेत्र, ग्रहहरु चम्किरहेका थिए, हामी हाम्रो साथीसंगी भेटघाटको उत्सवमा खुव आनन्द मानेर समय बिताइरहेका थियौं । चिसो साँझ, दाउराको आगोको राप र बार्बीक्यु पार्टीको तापले माहोल तात्तीरहेको थियो । साथीहरुबाट किसिम–किसिमका कला, प्रतिभा, सिर्जनशीलताहरु प्रष्फुटन भैरहेका थिए । कसैले मिलनका, कसैले विछोडका गीत गाइरहेका थिए; कसैले कविता वाचन गरिरहेका थिए; कसैले अरुको आवाज नक्कल गरिरहेका थिए; कसैले चुट्कीला भनेर हँसाइरहेका थिए तर म चाहिं चुपचाप अरुका कला, प्रतिभा तथा सिर्जनात्मकताहरु हेरेर त्यसैमा मग्न भैरहेको थिएं । साथीहरुले मलाई पनि केही गरेर देखाउन जोड गरिरहेका थिए । गीत गाउने, कविता वाचन गर्ने, चुट्कीला भन्ने, नक्कल गर्ने सबै अरु साथीहरुले गरिसकेका थिए, मैले सोचें म केही अलग गर्छु यिनीहरुको भन्दा भनेर र उनीहरुलाई अवगत गराएं, म लक्षुमन प्रसाद ‘जीवनमा सफलता र असफलता’ शिर्षकमा तिमीहरु प्रत्यकसंग पाँच–पाँच मिनेटको अन्तरवार्ता लिन्छु, यससन्दर्भमा सबैले आ–आफ्नो जीवनको विचार, दृष्टिकोण र अनुभवहरु स्पष्टसंग अनुरोध गर्छु । सबै जनाले सहमति जनाए र मैले अन्तरवार्ता लिन शुरु गरें ।


जीवनमा सफलता केलाइ मान्ने र असफलता कस्तो अवस्थालाई मान्ने भन्ने सवालको जवाफमा कसैले सफलतालाई ज्ञान आर्जन तथा सम्पति कमाइ र असफलतालाई बिपन्नताको रुपमा परिभाषित गरे; कसैले सफलतालाई इच्छा आकांक्षाको परिपूर्ति र असफलतालाई अभावको रुपमा परिभाषित गरे; कसैले सफलतालाई आफूले चाहेको प्रेम प्राप्ति तथा प्रेमको आनन्द र असफलतालाई आफूबाट छुटेको प्रेम र प्रेमको अभावले कुण्ठित भएको मन तथा भावसंग जोडेर परिभाषित गरे; कसैले सुख र खुशीको सुखद पल र दुःखको दुःखद पलका रुपमा परिभाषित गरे त कसैले जीवनको जित र हारको रुपमा परिभाषित गरे । ती सबै दृष्टिकोणहरु मध्य धेरैको मत चाहिं जीवनको सबैभन्दा ठूलो सफलता ज्ञान आर्जन तथा सम्पति कमाइ हो र असफलता अभाव तथा बिपन्नताको अवस्था भन्ने रह्यो तर एक जनाको दृष्टिकोण अलि फरक र गहन प्रकारको रह्यो । साँझको समय, बार्बाीक्यु पार्टी, डिजे, संगीतको त्यस्तो होहल्लाको माहोलमा पनि शान्त र गंभिर प्रकृतिको व्यवहारमा प्रस्तुत भैरहेकी श्रेया मानवको जीवनको सफलता र असफलताको सन्दर्भमा जवाफ तथा अभिव्यक्तिहरु अनौठा र सबैका कान ठाडा पार्ने प्रकारका थिए । विगत लामो समयदेखि आध्यात्मिक पृष्ठभूमिमा देखिदै आएकी श्रेया मानवले निकै गहिरो भाव प्रस्तुत गर्दै सवालको जवाफ दिएकी थिइन्, 


“जीवनको सफलता तथा असफलता सबै मनुष्यको मनको अवस्था तथा मनको खेल हो; जीवनमा मन भन्दा वर या पर केही पनि छैन; मन भन्दा पर तथा गहिराई केवल ‘म’ छ, वास्तविक ‘म’ अर्थात ठूलो ‘म’ अर्थात मनुष्यको ‘आत्मा’ अर्थात ‘चेतना’ ।” 


आफ्नो जीवनका अनुभवहरुको सन्दर्भ जोड्दै उनले संक्षिप्तमा व्यक्त गर्दै गरेको जीवनमा सपलता तथा असफलता भनेको केवल मनको अवस्था तथा मनको खेल हो भन्ने अभिव्यक्तिहरु चिन्तन् गर्न योग्य थिए हामी सबैकालगि । मलाई उनको वास्तविक ‘म’ अर्थात ठूलो ‘म’ अर्थात मनुष्यको ‘आत्मा’ अर्थात ‘चेतना’ भन्ने अभिव्यक्तिहरुप्रति थप जिज्ञासा जाग्यो र उनलाई यसबारे अझ केही स्पष्ट पार्न आग्रह गनें, उनी भन्दै गइन,


“मनुष्यको जीवन त्यो हो जुन सीमित छ र दृश्य छ सबैले देख्नसक्ने जुन ‘म फलानो हुँ’ भनेर पहिचान गराउने अहंकारको पर्दा तथा सानो ‘म’ हो । तर ठूलो ‘म’ अर्थात मनुष्यको ‘आत्मा’ अर्थात ‘चेतना’ हो जुन असिम छ र अदृश्य छ कसैले देख्न नसक्ने गरि, आफू स्वयंले पनि देख्न नसक्ने गरि । हामी पूर्वीय सनातनीहरुको विरासत र सबैको अमूल्य शान सनातन अध्यात्म विज्ञानका महानतम ग्रन्थहरुका अनुसार जे अदृश्य छ त्यो शाश्वत सत्य हो र जे दृश्य छ त्यो मिथ्या हो । मिथ्याले केवल भ्रम मात्र दिन्छ, वास्तविक खुशी, शान्ति, आनन्द दिदैन । वास्तविक खुशी, शान्ति, आनन्द केवल अदृश्य र शान्त ‘म’ अर्थात आत्मा अर्थात चेतनाको खोजी र प्राप्तिले मात्र दिनसक्छ । अदृश्य, ठूलो तथा असिम ‘म’ हरेक मनुष्यको अन्तरहृदयमा रहेको छ सशक्त अस्तित्वमा स्वयं ब्रम्ह अर्थात परमात्माको प्रतिनिधित्व गरेर ।”


श्रेयाले बडो चित्तबुझ्दो ढंगले ‘जीवनको सफलता र असफलताको विषयलाई ‘जीवन’ तथा सानो ‘म’ र ठूलो ‘म’ लाई फरक प्रकारको परिभाषामा ढालेर आध्यात्मिक गहिराइ छुदै त्यसको गहनता र महत्व बुझाइरहेकी थिइन् हामी सबैलाई । केही साथीहरु उठेर गैसकेका थिए, केही साथीहरुलाई श्रेया र म विच चलिरहेको यो आध्यात्मिक विषयको संवाद निद्राको ओखती जस्तो भैरहेको थियो, उनीहरु हाई काढ्दै तन्द्रामा झुल्न थालिसकेका थिए तर म चाहिं अझ बिउझिरहेको थिएं । म स्वयं पनि आध्यात्मिक प्रकृतिको व्यक्ति भएकोले ममा श्रेयाका आध्यात्मिक अभिव्यक्तिहरुप्रति बडो उत्सुकता र चाख जागिरहेको थियो किनकी उनका गहिरा र गहनतम अभिव्यक्तिहरु सुन्दै जाँदा मलाई भित्रैदेखि लाग्दै गैरहेको थियो कि अव ‘उनको र मेरो जोडी जम्ला जस्तो छ’, पछि यही शिर्षकमा मैले कविता पनि लेखें । स्कुल जीवनमा केटाकेटी नै थियौं हामी, एकआपसमा त्यति हहिरो चिनजान थिएन र त्यसतबेला अहिलेको जस्तो परिपक्वता पनि थिइए तर आज दशकौंपटि भेट्दा लाग्यो श्रेयाको र मेरो अन्तरआत्मामा गुञ्जिरहेका आवाजहरुका भावतरंगहरु एकआपसमा मिलिरहेका छन् । उनी धार्मिक आचरण, आध्यात्मिक प्रकृति भएकी र आफ्नो दृष्टिकोणमा सुस्पष्ट अभिव्क्ति अरुसमक्षा प्रस्तुत गर्ने उच्चस्तरको व्यक्तित्व भएकी अध्यात्म साधक रहिछन् । मलाई उनको सादगी, आध्यात्मिक ज्ञान, जीवनको अनुव र उसको व्यक्तित्व अत्यन्तै मन पर्यो । अरु साथीहरु आ–आफ्नो कक्षमा आराम गर्न गइसकेका थिए तर श्रेया र म मात्र त्यो चिसो रातमा अबेरसम्म बसेर आगो ताप्दै आ–आफ्नो जीवनका सफलता तथा असफलताहरुलाई गहिर्याउदै लगिरहेका थियौं । जीवनको सफलता, असफलता र आफूले भोगेका अनुभवहरुका सन्दर्भमा लामो अनौपचारिक दोहोरो संवाद आदान–प्रदानपछि अवचाहिं मैले उनलाई शिर्षक छुट्याएर, मोबाइलमा आवाज र भिडियो रेकर्ड पनि गर्नेगरि जीवनमा सफलता तथा असफलताको बारेमा सवाल गर्ने विचार गरें, उनी पनि सहमत भइन् र मैले सवाल गर्न प्रारम्भ गरें,


“प्रिय श्रेया मानव, तपाईंको विचार तथा दृष्टिकोणमा जीवनमा सफलता के हो ?” 

“मनको अवस्था तथा मनको खेल हो ।” 

“जीवनमा असफलता के हो ?” 

“मनको अवस्था तथा मनको खेल हो ।” 

“जीवन के हो ?”

“मनको अवस्था तथा मनको खेल हो ।” 

“जीवनमा सुख, खुशी, शान्ति, आनन्द के हो ?”

“मनको अवस्था तथा मनको खेल हो ।” 

“जीवनको दुःख, पिडा, बिपन्नता, अभाव के हो ?”

“मनको अवस्था तथा मनको खेल हो ।” 

“... !?” 


म निशव्द भएं, हरेक सवालमा ‘मनको अवस्था तथा मनको खेल हो’ भन्ने उनको जवाफ लगातार एउटै आएपछि मैले रेकर्ड बन्द गरें, मुस्कुराउदै उनीप्रति विश्मय र प्रश्नचिन्ह भावको संकेत प्रस्तुत गर्दै थोरै छड्के शैलीमा उनलाई सोधें, 

“यो ‘मन’ र ‘मनको अवस्था तथा मनको खेल’ चाहिं के हो नि देवी श्रेया !? अनि जीवनमा सफलता तथा असफलता ल्याउनमा यो अवस्थाको के–कस्तो भूमिका र महत्व रहेको हुन्छ !!??” 


मेरो सवालले थोरै फड्को मारेपछि उनको चम्किलो चेहरामा अझ चमक छायो र बढो सुपष्ताकासाथ उनले मेरो सवालको जवाफ दिइन,


“किनकी मनुष्य भनेकै मन हो, केवल मन । उसको शरीर जड तथा यन्त्र मात्र हो जसलाई मनले संचालन गर्दछ । मनुष्यभित्र जस्ता प्रकारका सोच, विचारहरु चल्छन्, उसको मन त्यस्तै हुन्छ, मन जस्तो छ यसको वास्तविक स्वरुप, व्यवहार तथा आचरण, उसको वास्तविक कर्म, व्यक्तित्व र समग्र जीवन नै त्यस्तै बन्छै जान्छ । मनुष्यले आफ्नो मनमा चल्ने विचारहरुको बलले जीवनका भोगाइहरुमा आउने जस्तासुकै विषय, घटना तथा पक्षहरुलाई आफूले जसरी चाह्यो त्यसैगरि परिवर्तन गरेर जीवनलाई सफलता तथा असफलता उन्मुख बनाउन सक्छ । यसो गराउन सक्ने शक्ति मनुष्यको मनमा पहिलादेखि नै विद्यमान हुन्छ पूराना स्मृतिहरुका रुपमा । तिनै स्मृतिका छविहरुको प्रभाव अनुसार नै उसले आफ्नो जीवनमा सफलता तथा असफलता के हो, केलाई मान्ने तथा नमान्नेदेखि लिएर जीवनका हरेक पक्षहरुमा आफ्नो परिभाषा तथा दृष्टिकोण प्रस्तुत गर्ने गर्दछ । यसर्थ, मनुष्यले जीवन जीउने क्रममा सफलता, भाव, सुख, खुशी, शान्ति, समृद्धि, सम्पन्नता, आनन्द तथा असफलता, अभाव, दुःख, अशान्ति, बिपन्नता आदिको अनुभव गर्ने र खुशी हुने तथा दुःखी हुने सबै उसकै मनको अवस्था तथा मनको खेल हो, उसको मनले आजसम्म जेजस्तो अनुभव गरेको छ त्यसैलाई सत्य भन्ने ठान्दछ त्यही सिकाईको आधारमा जीवन जीउछ ।” –सन्त श्रद्धेय श्री जे.कृष्णमूर्ति, स्वामी श्रद्धेय श्री विवेकानन्द ।


उनले एक श्वासमा कहिंकतै बिराम नलगाइकन मेरो सवालको जवाफ खरर दिइन् आध्यात्मिक शैलीमा र अन्तिममा महान चैतन्य पुरुषहरुको नाम लिइन् सन्दर्भ साम्रग्रीका रुपमा जसले मैले आँ गरिसकेको मुखलाई तुरुन्दै बन्द गरिदियो किनकी मैले उनलाई सोध्न चाहेको थिएं, के र कुन आधारमा तिमी यो प्रवचन दिरहेकी छौ मलाई देवी श्रेया भनेर, तर म निशव्द भएं । एकछिन हामीले एकआपसको चेहरा हेराहेर गर्यौं चुपचाप लागेर । आवाज बन्द भयो र शुन्य समय जस्तो शन्नाटाको माहोल बन्यो । मैले मनमनमा सोचें, यिनी पक्कै अध्ययनशील छिन् र यो बसाईलाई मैले उपलव्धिमूलक बनाउनु पर्छ । मेरो आग्रहमा उनले आफ्ना अध्ययनका सामग्रीहरु थप्दै गइन, 


श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएकोछ, “मनुष्यको मननै मित्र हो र शत्रु पनि मननै हो । मननै स्वर्गको द्वार हो र नर्कको द्वार पनि मननै हो ।”


आफ्ना दिव्य उपदेशमा भगवान बुद्धले भन्नु भएकोछ, “मनुष्यको मन इमान्दार नोकर हो तर खतरनाक मालिक हो ।”


योगीको आत्मकथामा परमहंश योगानन्दले भन्नु भएकोछ, “मनुष्यको मा भौतिक संसार र आध्यात्मिक संसारलाई आपसमा जोड्ने पूल हो ।”


श्रद्धेय ओशो रजनीशले भन्नु भएकोछ, “मन बिना मनुष्यको अस्तित्वनै छैन किनकी शरीर र आत्मालाई जोड्न एकमात्र उपकरण मननै हो ।” 


मनुष्य एकसाथ दुईप्रकारले जीवन जीरहेको हुन्छ भौतिक तथा सांसारिक दृश्य जीवन अर्थात स्थुल संसार र पराभौतिक तथा आध्यात्मिक अदृश्य जीवन अर्थात सुक्ष्म संसार । जीवनका यी दुई फरक आयामलाई एकआपसमा जोडेर मनुष्यको जीवन सन्तुलन गर्ने काम मनले गर्दछ । मनुष्यको मन सकारात्मक तथा सम्यमित छ भने सानो ‘म’ अर्थात ‘जीवन’ र ठूलो ‘म’ अर्थात आत्मा अर्थात चेतना सहि दिशामा हुन्छ र समग्रतामा मनुष्य वास्तविक अर्थमा सफल हुन्छ तर यदि मनुष्यको मन सकारात्मक तथा सम्यमित छैन भने सानो ‘म’ अर्थात ‘जीवन’ मात्र सफल भएको हुन्छ, ठूलो ‘म’ अर्थात आत्मा अर्थात चेतना असफल नै रहन्छ । आध्यात्मिक परिभाषा अनुसार सानो ‘म’ अर्थात ‘जीवन’को सफलता भनेको मनुष्यको जीवनमा वाहिरबाट प्राप्त हुने क्षणिक सुख, खुशी, शान्ति, आनन्दको अवस्था हो र ठूलो ‘म’ को सफलता भनेको मनुष्यभित्रबाट आन्तरिक रुपमा प्राप्त हुने, कहिल्यै अन्त्य नहुने सुख, खुशी, शान्ति, आनन्दको अवस्था हो । वर्तमान समयमा संसारले सफल भनेर मान्दै आएका मनुष्यहरुमध्य अधिकांशको जीवन अर्थात सानो ‘म’ मात्र सफल भएको तथा अर्थात वाहिरबाट प्राप्त हुने क्षणिक सुख, खुशी, शान्ति, आनन्दको अवस्था देखिदै आइएको छ र ठूलो ‘म’ असफल भएको देखिन्छ तथा मनुष्यभित्रबाट आन्तरिक रुपमा प्राप्त हुने, कहिल्यै अन्त्य नहुने सुख, खुशी, शान्ति, आनन्दको अवस्था नरहेको देखिन्छ । यसैकारण सफल जीवन भएका मनुष्यहरुमा ज्यादातर बेचैनी, विरक्ति, तनाव, चिन्ता, विषाद, अवषाद, विक्षिप्तता, पागलपन, हिंसा, हत्या, आत्महत्याको सोच तथा आत्महत्या जस्ता विकराल अवस्थाहरु देखिदै आइएका छन् ।


जीवनमा सफलता तथा असफलता आउनमा मनको भूमिकाका सन्दर्भमा गर्दै आइएका आध्यात्म विज्ञान तथा आधूनिक मनोविज्ञानका खोजमुलक तमाम अध्ययन तथा अनुसन्धानका प्रामाणिक तथ्यांकहरुले देखाए अनुसार मनुष्यको मननै सबै थोक हो र मनलाई राम्ररी बुझ्नु नै आफ्नो सानो ‘म’ अर्थात ‘जीवन’ र ठूलो ‘म’ अर्थात आत्मा अर्थात चेतनालाई गहिराइमा बुझेर सफल बनाउन मद्धत गर्ने एकमात्र माध्यम हो । मनलाई बुझ्न सहजता प्रदान गने विश्व चर्चित व्यक्तित्वहरुद्वारा प्रतिपादित आवश्यक पाठ्यसामग्री प्रसस्त छन् ज्ञानको बजारमा । सनातन अध्यात्म विज्ञानका अनुसार मनका सात खण्डहरु रहेकाछन्, यो विषय सहजै बुझ्न र बुझाउन अलि मुस्किल छ किनकी यसमा ठूलो ‘म’ अर्थात आत्मा अर्थात चेतनाको सफलतासंग सम्वध्ति विषयहरु जोडिएर आउछन् । आधूनिक मनोविज्ञानका श्रष्टा सिग्मण्ड फ्रायडका अनुसार मनका मोटामोटी रुपमा तीन खण्डहरु रहेकाछन्– चेतन, अवचेतन र अचेतन । अनुमानित मान्यता अनुसार हामी १० प्रतिशत भन्दा कम मानिने चेतन तथा जाग्रित मनलाई मात्र जान्दछौं तथा थाहा पाउछौं, बाँकी ९० प्रतिशत भन्दम बढि हिस्सा ओगटेको अवचेतन र अचेतन मनलाई हामी जान्न सक्दैनौं जसमा हाम्रा जन्म–जन्मका पूराना स्मृतिहरु संग्रहित भएर रहेका हुन्छन् संचित कर्म, प्रारब्ध कर्म तथा संस्कारका रुपमा । यही ९० प्रतिशत हिस्सामा सानो ‘म’ र ठूलो ‘म’ का सम्पूर्ण गतिविधिहरु संचालन गर्नसक्ने सामथ्र्य रहेको हुन्छ । हरेक व्यक्तिमा कुनै पनि विषय तथा घटनालाई हेर्ने, बुझ्ने, त्यसप्रति दृष्टिकोण बनाउने तथा प्रतिक्रिया दिने भाव तथा शैली फरक–फरक प्रकारको रहेको हुन्छ र यसो हुनुको कारण सम्वन्धित विषय तथा घटनाको सन्दर्भमा हाम्रो अवचेतन र अचेतन मनमा संचित कर्म, प्रारब्ध कर्म तथा संस्कारका रुपमा के–कस्ता स्मृतिहरु संग्रहित भएर रहेका छन् । यिनै स्मृतिहरुको आधारमा व्यक्तिले आफूले जीवनमा भोगेका अनुभवहरुलाई सफलता तथा असफलता र सुख तथा दुःखका रुपमा आफ्नो विचार तथा दृष्टिकोण बनाउछ । यसैकारण कारण एउटै विषय तथा घटनालाई फरक व्यक्तिले फरक प्रकारले परिभाषित गर्दछ, कसैले त्यही अवस्थालाई जीवनको सफलता मान्दछ भने कसैले त्यही अवस्थालाई असफलता मान्दछ । तसर्थ यो भन्ने गरिएको हो कि, हाम्रो जीवनमा जे पनि अनुभवहरु भएका छन् र ती अनुभवहरुप्रति जस्तो दृष्टिकोण तथा प्रतिक्रिया व्यक्त गरिन्छ त्यो सबै चेतन, अवचेतन, अचेतन मनको अवस्था तथा मनको खेल हो । 


सनातन आध्यात्म विज्ञानको मान्यता अनुसार मानिसको वाहिरी जीवन तथा आन्तरिक जीवनमा अनुभवमा आउने क्रियाकलापहरु कुनैपनि राम्रो–नराम्रो, सहि–गलत, सफलता–असफलता, सुख–दुःख भन्ने केहीपनि पूर्वनिर्धारित छैन, कसैले त्यसको मापदण्ड तोकेको छैन र तोक्न पनि सक्दैन । मनुष्यले यस्ता अनुभवहरु उपर ज–जस्ता प्रतिक्रियाहरु दिन्छ तथा जस्तो दृष्टिकोण बनाउछ ती सबै उसको मनको अवस्थाको परिणामहरु हुन्, तसर्थ मानिसका सबैप्रकारका विचार तथा दृष्टिकोणहरु पूर्णतः मनको अवस्था तथा मनको खेल हो भन्ने मान्यत व्वहारिक र सर्वमान्य सत्य हो । यसैकारण जीवनमा सफलता के हो भन्ने सन्दर्भमा कसैले ज्ञान आर्जनलाई, कसैले सम्पति कमाइलाई, कसैले पद तथा प्रतिष्ठाको स्थितिलाई, कसैले सुमधूर सम्वन्धलाई, कसैले इच्चा पूर्ति, कसैले प्रेम प्राप्ति आदिलाई मान्ने गर्दछन् । त्यसैगरि असफलता के हो भन्ने सन्दर्भमा सफलताको विपरित अवस्था अज्ञान, बिपन्नता, मानहानि, खराव सम्वन्ध, अभाव, खालिपनलाई मान्ने गर्दछन् । 


मनुष्यको मन परिवर्तनशील हुन्छ, यसैकारण मनलाई बादरको संज्ञा पनि दिने गरिएको छ । कुनै विषय तथा घटनाप्रति वर्तमानमा एक किसिमको दृष्टिकोण रहेको हुन्छ, केही समयको अन्तरालपछि तथा भविश्यमा त्यही विषय तथा घटनाप्रति अर्कै दृष्टिकोण बन्न सक्छ । मन परिवर्तनशील भएको कारण मनलाई मनुष्यले आफूले चाहे अनुकुल हुनेगरि अवस्था र आवश्यकता अनुसार पुनरसंरचित अर्थात रिप्रोग्राम गर्न सक्छ । मनलाई आफ्नो अनुकुल हुनेगरि पुनरसंरचित गर्ने सबैभन्दा उत्तम र सहज उपाय वाहिरबाट नयाँ–नयाँ विषय सान्दर्भिक तथा व्यवहारिक ज्ञान लिएर मनभित्र रहेका पूराना संसार तथा ज्ञानहरुलाई वाहिर निकाल्नु पर्दछ र यसकालागि आफ्नो र अरुको जीवनका अनुभवहरुबाट सिक्नुपर्छ । सिकिएका आफू अनुकुल हुने नयाँ–नयाँ संस्कार तथा ज्ञानहरु विस्तारै चेतन मन हुदै, अवचेतन मन र अवचेतन मन हुदै अचेतन मनमा गएर संग्रहित हुन्छन् र ९० प्रतिशत हिस्सामा समाहित भएर कुनै विषय तथा घटनाप्रति हाम्रो विचार तथा दृष्टिकोण निर्माण गर्न मद्धत गर्दछन् । यो भन्दा पनि अझ प्रभावकारी र दिगो उपाय पूर्वीय सनातन अध्यात्म विज्ञानको प्रमुख विषय योग विज्ञान तथा ध्यान विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित योग साधना तथा ध्यान साधनाका विधि र पद्धतिहरुको निष्ठापूर्वक दैनिक जीवनमा प्रयोगात्मक अभ्यास गर्नु हो । योग तथा ध्यान साधना जोकोहि व्यक्तिले सजिलै गर्नसक्छ र आफ्नो मनको अवस्थालाई आफू अनुकुल हुनेगरि पुनरसंरचित गर्नसक्छ ।    


जीवनमा सफलता तथा असफलताकने सन्दर्भमा सबै महान व्यक्तिवहरुको अभिव्यक्तिका सार र सन्देशहरु एकै प्रकारका रहदै आएकाछन् कि सफलता त्यस्तो अवस्थालाई मान जसले आफ्नो जीवनको वाहिरी र आन्तरिक सुख, खुशी, समृद्धि, शान्ति, आनन्दका आवश्यकताहरु पूरा गर्छ र हरप्रकारले सानो ‘म’ र ठूलो ‘म’ को सन्तुलित विकास गर्न सहयोग गर्दछ र काम, क्रोध, लोभ, मोह, राग, द्वेश, घृणा जस्ता नकारात्मक भावहरुबाट दुर राख्दछ । अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञान दुवैका सिद्धान्तहरुले मान्दछन् कि ‘सफलतानै जीवनको सबैभन्दा ठूलो असफलता हो’ । यस सन्दर्भमा सबैका आ–आफ्नै प्रकारका तर्क–बितर्क–कुतर्कहरु रहदै आएका भएपनि यसको मूल सन्देश मनुष्य सफलता कमाएं भन्ने भावले भरिएपछि उसमा प्रमुख रुपमा अहंकार र आलस्यता बढ्दै जान्छ जसले उसको वाहिय अर्थात भौतिक विकास र आन्तरिक अर्थात आध्यात्मिक विकास दुबैलाई रोकिदिन्छ । किनकी भौतिक संसारको सफलताको परिभाषा अपूर्ण छ जसले भौतिक तथा मनुष्यको वाहिरी विकासलाई नै सफलता मान्दछ र भौतिक विकास संगसंगै मनुष्यको आन्तष्रक तथा अध्यात्मिक विकास पनि हुनुपर्छ भन्नेमा उति जोड दिदैन । तर जीवन भोगाईका अनुभवहरुले देखाए अनुसार आन्तरिक विकास बिनाको वाहिय विकासले वस्ताविकतामा मनुष्यलाई सफल नभई लंगडो बनाउछ । यसकारण सनातन विज्ञानले प्रारम्भदेखिनै जोड दिै आइरहेको छ कि जीवनलाई पूर्णरुपमा सफल बनाउन अर्थात मनुष्यको सानो ‘म’ र ठूलो ‘म’ दुवैको समान स्तरमा विकास गर्न उसको वाहिय र आन्तरीक दुवै विकासलाई एकसाथ लैजानु पर्दछ अध्यात्म साधनालाई जीवनमा निष्ठापूर्वक अनुहरण गरेर किनकी अध्यात्म साधना वैज्ञानिकताले युक्त एकमात्र प्रभावकारी माध्यम हो जसले मनुष्यको जीवनमा वाहिर समृद्धि र भित्र शान्तिले भरिदिने सामथ्र्य राख्दछ ।


मनुष्यको जीवन, मनको अवस्था र यसको शक्तिको सन्दर्भमा वाहिर आएका सबै सिद्धान्त र महान व्यक्तिहरुको अभिव्यक्तिको सार र सन्देश एकै रहेको पाइन्छ कि मावीयता र सारा चराचर जगतको कल्याणका लागि मनुष्य जीवनमा सफलता त्यस्तो अवस्थालाई मान्नु पर्दछ जसले आफ्नो र अरुको अपरिहार्य आवश्यकताहरु पूरा गर्न सकोस, सबैलाई वाहिरी समृद्धि र आन्तरिक शान्तिका साथ दिगो सुख, खुशी, समृद्धि, शान्ति र आनन्द प्रदान गर्न सकोस । काम, क्रोध, लोभ, मोह, राग, द्वेश जस्ता मानवीय विकार तथा क्लेशहरुबाट सदा दुर राख्न सकोस किनकी यो अवस्था सफलता होइन, यो अवस्थाले मनुष्यको समग्र जीवनलाई असफलतातिर लान्छ । तसर्थ जीवनमा वास्तविक सफलता हासिल गर्नकालागि आध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानका प्रभावकारी विधिहरुको अनुशरण गरि मनलाई पुरसंरचित गरेर मानवीय विकार तथा क्लेशहरुबाट मुक्त भएर जीवनमा तटस्थता, वैराग्यता हासिल गर्न सक्नु पर्दछ किनकी यो अवस्था नै जीवनको वास्तविक सफलता हो । श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ, वास्तविक मुक्ति तथा मोक्षको अधिकारी त्यो व्यक्ति मात्र हुन्छ जसले सांसारिक जीवनमा रहेर तटस्थ जीवन जिएकोछ, सांसारिक भोगमा लिप्त नभइकन निस्काम कर्महरु गर्दै पूर्णतः साक्षी भावमा रहेर जीवनमा वैराग्यता हासिल गरेको छ ।


सांसारिक जीवनको भोगविलासको रमझमबाट आफूलाई तटस्थ तथा साक्षी राखेर जीवनमा वैराग्यता साध्न आम मनुष्यकालाथि उति सहज छैन, यसकालागि गहिरो अध्यात्म साधनाको अपरिहार्यता हुन्छ । गहिरो साधनाबाट मात्र मनुष्यले प्रत्याहार अर्थात मनलाई भड्काउने आफ्ना ज्ञान तथा कर्म इन्द्रियहरुलाई निग्रह गर्न नियन्त्रणमा राख्न सक्छ । इन्द्रियहरु मनुष्यको नियन्त्रणमा आए भने मात्र मनलनई स्वर्गको द्वार, असल नोकर, शरीर र आत्मा अर्थात चेतनालाई जोड्ने पूलको रुपमा आफ्नो जीवनको सफलताको लागि उपयोग गर्न सकिन्छ । यहाँ उठाइएको विषय जीवनको सफलता तथा असफलता के हो भनने शिर्षकलाई गहिरिएर हेर्दा यसलाई मन अर्थात माइन्ड र भाव अर्थात हृदय तथा मुटुको द्वन्दका रुपमा पनि मान्न सकिन्छ किनकी मन वाहिरी विषय तथा कम्प क्षेत्र हो र भाव आन्तरिक विषय तथा अकम्प क्षेत्र हो । मन र भावविचको भिन्नतामा अत्यन्तै सुक्ष्म सीमारेखा भएकोले आधूनिक मनोविज्ञानले मन र भावलाई त्यति स्पष्टसंग छुट्याउन सकेको छैन तर सनातन अध्यात्म विज्ञानले यी दुईविच अत्यन्तै सुक्ष्म भिन्नता भएपनि स्पष्ट बुझ्ने गरि यी दुई विचको भिन्नता छुट्याइदिएर सहजता प्रदान गरेको छ । मन त्यो हो जो मनुष्यको ज्ञान, वुद्धि, विवेकद्वारा परिचालित हुन्छ, आफूले चाहे अनुसार लामो छोटो समय लगाएर मनलाई पुनरसंरचना पनि गर्न सकिन्छ तर भाव जुन अन्तरहृदयको अत्यन्तै सुक्ष्म विद्युतिय तरंग हो जो सिधै प्रकृति तथा परमात्माबाट परिचालित हुन्छ र भाव तथा अन्तरहृदयको आवाज तथा तरंगमाथि मनुष्यको नियन्त्रण हुदैन, हुनै सक्दैन किनकी यो मनुष्यको अधिकार क्षेत्रभित्र छदैछैन, यसको श्रोत अन्तै कतै छ ब्रम्हाण्डको सृष्टिकर्ता ब्रम्ह अर्थात परमात्मा कहाँ । तर मनको श्रोत मनुष्यसंगै छ, मनलाई सम्झाउन र बुझाउन सकिन्छ, मन सहि गलत हुन सक्छ तर भाव संधै सहि हुन्छ, कहिल्यै गलत हुन सक्दैन । मनमाथि भावको प्रत्यक्ष प्रभाव हुन्छ तर भावमाथि मनको प्रभाव हुदैन, भैहाले पनि अत्यन्तै पातलो र क्षणिक हुन्छ । अधिकांश मनुष्यहरु यही अज्ञनजताका कारण झुक्किने गर्छन, उदाहरणकालागि आकर्षण र प्रेमको विषयलाई लिन सकिन्छ । आकर्षण मनबाट हुन्छ र वाहिरी प्रभाव तथा चुनौतीहरुका कारणले ढिलोचाँढो आकर्षणमा परिवर्तन आउनसक्छ । आज मनपरेको व्यक्ति, वस्तु तथा सेवा अर्कोदिन मन नपर्न पनि सक्छ तर प्रेम भावबाट हुन्छ र वाहिरी प्रभाव तथा चुनौतीहरुका कारण प्रेममा कहिल्यै कुनैपनि प्रकारको परिवर्तन आदैन । 


श्रेयाले आफ्ना अध्ययनका गहिरा अनुसन्धानात्मक ज्ञानहरु सहजै बुझ्न र जीवनमा अनुशरण सक्नेगरि वैराग्यतातिर लगेर जोड्दै अगाडि बढिरहेकी थिइन,


मनुष्यले सांसारिक जीवन जीउने क्रममा एक निश्चित तहको भौतिक वस्तु, सुख, सुविधा प्राप्त गरेपछि भौतिक संसारमा वास्तविक तथा आन्तरिक सुख, खुशी, शान्ति, आनन्द केहीपनि रहेनछ, यसले जीवनलाई पूर्णतामा सफल बनाउन केहीपनि नदिने रहेछ, बरु उल्टै आन्तरिक सुख, खुशी, शान्ति, आनन्द खोसेर लिने रहेछ हामीबाट विभिन्न बहानामा भन्ने बुझ्न थाल्छ र यो अवस्थामा उभित्र वास्तविक वैराग्यता घटित हुन्छ । वास्तविक वैराग्यता नै सानो ‘म’ र ठूलो ‘म’ को सफलताको पहिलो खुडकिलो तथा प्रस्थान विन्दु हो । यस सन्दर्भमा श्रद्धेय ओशो रजनीशले भन्नु भएको छ, 


“सफलता नै असफलताको जननी हो र असफलता नै सफलताको मूल श्रोत हो ।”


श्रद्धेय ओशो रजनीशका अनुसार, मनुष्यले बिना आन्तरिक तथा आध्यात्मिक विकास वाहिरी तथा भौतिक सफलता हासिल गर्यो भने त्यस्तो सफलता आधा मात्र सफलता हो, अर्धज्ञानी भयंकरी भनेजस्तै आधा सफलताले उसको जीवनमा अहंकार र आलस्य जस्ता तमस प्रवृत्तिहरुलाई जन्म दिन्छ र यसको परिणाम पतन नै हो जसलाई क्षणिक सफलता तथा अपुर्ण सफलता मान्न सकिन्छ । यदि मनुष्यले आफ्नो आन्तरिक विकाससंगै वाहिरी विकास गर्न प्रारम्भ गर्यो भने भलै यो प्रक्रियामा उसलाई लामो समय लाग्न सक्ला तर देर आउछ दुरुस्त आउछ, यसरी प्राप्त गरेको सफलता पूर्ण, दिगो र सात्विक प्रकारको हुन्छ र यसले मनुष्यको जीवनमा दिगो आन्तरिक सुख, खुशी, समृदि, सफलता, शान्ति, आनन्द ल्याउछ । 


जीवनको यो अनुभवबाट म पनि बारबार गुज्रिएको छु लक्षुमन, आन्तरिक विकास बिनाको वाहिरी तथा भौतिक विकासले एकसमयमा डिप्रेसनसम्म पुर्यायो मलाई । आम मान्यता अनुसार जीवन जिउन आवश्यक पर्ने सबै बस्तु, सेवा, सुविधा, मान, प्रतिष्ठा, सम्वन्ध, व्यस्तता हुदाहुदै पनि मेरो मन र भाव यो अवस्थासंग राजी भएन, पटक्कै राजी भएन । जीवनमा अचानक वैराग्यता घटित भयो र भौतिक संसार तथा सांसारिक जीवनमा सानो ‘म’ र ठूलो ‘म’ लाई सन्तुलित गरेर अगाडि बढाउन सक्ने सामथ्र्य रहेनछ भन्ने स्पष्ट बुझाइ पश्चात एउटा लयमा हिडिरहेको मेरो जीवनले बाटो परिवर्तन गरेर भगवान श्रीकृष्णको सांसारिक जीवनमै रहेर तटस्थ तथा वैराग्यता साँध्ने मार्ग लियो अत्यन्तै सहज ढंगले, यसकालागि मैले कुनै जटिल मेहनत तथा साधना गर्नु परेन वर्षाैं लगाएर । भगवान श्रीकृष्णको मार्गको अनुशरण गर्न थालेपछि मैले मेरो सबै सम्पति बिपन्नहरुको सहयोगमा, परोपकारी कार्यहरुमा लगाउने प्रण गरें आवश्यकता भएको ठाउँमा बिना कुनै शर्त डोनरको रुपमा अगाडि खासगरि बिपन्न युवावर्गहरुलाई उद्यमहिलतामा अगाडि बढाउने उद्देश्य राखेर । यो कामले निरन्तरता लिरहेको छ, सबै खुशी छन्, आ–आफ्नो क्षमता, प्रतिभा र सिर्जनशीलता अनुसार जीवनमा प्रगति गरिहेका छन् ।


मेरो जीवनमा यी श्री सम्पतिहरुको उपस्थितिले यति आनन्द प्रदान गर्न सकेका थिएनन् मलाई जति तिनैको माध्यमबाट गरिरहेको परोपकार तथा सेवा भावको कामबाट मिलिरहेको छ । यी श्री सम्पतिहरुले बरु उल्टै मेरो आन्तरिक सुख, खुशी, शान्ति, आनन्द लिएका मबाट किनकी मैले तिनैको रखबारी गर्नु पथ्र्यो हरपल कसैले चोरीदेलाकी, कसैले ठगिदेलाकी भनेर... । तर अव यो अवस्था छैन, म श्री सम्पतिको लोभ र मोहबाट माथि उठिसकेको छु, जीवन आधारभूत आवश्यकतामा जीउन राजी भएको छ र यो राजीको अवस्थाले जीवनमा वैराग्यता छाएको छ । मलाई अव मनुष्यको प्राकृतिक आवश्यकता भन्दा अरु केही पनि चाहिएको छैन जीवनमा, बरु आवश्यकता भएकाहरुलाई सक्दो दिन सकौं भन्ने सर्वकल्याणको भावले मन, भाव, आत्मा, चेतना भरिन थालेको छ र म त्रमशः वाहिरी र आन्तरिक दुवै प्रकारले हलुका हुदै गैरहेको छु । अव स्पष्टरुपमा बुझिसकेको छु कि मनुष्यले जति लिने तथा पाउने अपेक्षा राख्छ उतिनै उमाथि परिवार, समाज, प्रकृति र परमात्माको ऋण बढ्दै जानेरहेछ, र ऋण संधै बोझ हुनेरहेछे मुक्ति र मोक्षकालागि त्यसैले म अव मेरो जीवनमा कत्तिपनि ऋण तथा त्यसको बोझ बढाउन चाहन्न । प्रेम आवश्यक छ किनकी मोक्षको मार्ग यही एक मात्र हो र परोपकार, सेवा, सर्वकल्याण, दया, करुणा सबै प्रेमका स्वरुप हुन् किनकी प्रेम स्वयं परमात्मा हो रयो अनेक स्वरुपमा मनुष्यको जीवनमा आउन सक्छ । मलाई पहिला प्रेम प्राप्त गर्ने विषय हो जस्तो लाग्थ्यो तर अव प्रेम प्राप्त गर्ने तथा पाउने विषय नभएर प्रेममा जीउन जान्नु चाहिं वास्तविक प्रेम रहेछ भन्ने बुझें र यही भावलाई अनुशरण गरेर जीवन जिरहेको छु  किनकी जीवनका सबै अवस्था तथा अनुभवहरु मनकै अवस्था तथा मनकै खेलको कारण हुने भएकोले मैले अध्यात्म विज्ञान र आधूनिक विज्ञानका वैज्ञानिकतामा आधारित विभिन्न प्रक्रिया, विधि तथा पद्धतिहरुको प्रयोगात्मक साधना गरेर मेरो मनलाई सम्झाएं, प्रत्याहारको माध्यमबाट मनलाई नियन्त्रणमा राखें, मनलाई आफ्नो मित्र बनाएं, मनलाई पुरसंरचित गरें र जीवनमा अनुभव भैरहेका सजिला, अप्ठ्यारा सबै प्रकारका अनुभवहरुलाई मनुष्य जीवनको कर्मचक्रको भुक्तानको रुपमा सहर्स स्वीकार गरें, सन्तोष साँधे त्यसैले अव अरुले परिभाषा गर्ने गरेको जस्तो सफल जीवनको तामझाम, देखासेखी, प्रतिस्पर्धा नभएपनि म मेरो जीवनमा अत्यन्तै सुखी, खुशी, समृद्ध, सफल, सहज, सरल, शान्त र आनन्दित छु, सबैप्रति धन्यता, कृतज्ञता, क्षमाशिलता भावले भरिएको छु र अव जीवन सदा यस्तै रहने तथा राख्ने संकल्प गरेको छु परमात्मासंग मैले लक्षुमन...  

 

लामो श्वास लिएर केहीबेरको आवज बिहिन सन्नाटापछि श्रेयाले भनिन्,


“कति म मात्र तिमीलाई आफ्ना कुराहरु सुनाइरहुँ, अव म तिम्रो अन्तरवार्ता लिन्छु है, के रहेछ तिम्रो विचार तथा दृष्टिकोण जीवनमा सफलता र असफलता के हो भन्ने सन्दर्भमा ।” 


मैले मुन्टो हल्लाएर सहमति जनाएं, उनी सवाल गर्न थालिन र मैले पनि मुस्कुराउदै उनकै शैलीमा सवालको जवाफ दिदै गएं,

“प्रिय लक्षुमन प्रसाद, तिम्रो विचार तथा दृष्टिकोणमा जीवनमा सफलता के हो ?” 

“प्रेमको भाव तथा अलौकिक प्राप्ति ?”

“जीवनमा असफलता के हो ?” 

“प्रेमको अभाव तथा खालिपन ?”

“जीवन के हो ?”

“तिमीले भने जस्तै सानो ‘म’ ‘अहंकार’ र ठूलो ‘म’ ‘प्रेम’ ।” 

“जीवनमा सुख, खुशी, शान्ति, आनन्द के हो ?”

“प्रेमको भाव तथा अलौकिक प्राप्ति ?”

“जीवनको दुःख, पिडा, बिपन्नता के हो ?”

“प्रेमको अभाव तथा खालिपन ?”

“... !?” 


श्रेया निशव्द भएर मन्द मुस्कुराउदै एकोहोरो मलाई हेरिराखिन् र एकछिनपछि खित्का छोडेर हाँसिन् र हाँस्दै सोधिन, 


“आठ कक्षामा पढ्दा संधै तिम्रो अघिल्लो डेस्कमा हुने तिम्री कोपिला कहाँ छिन् हिजोआज !?”

 “अष्टे्रलियामा... !?”


श्रेयाको प्रश्न पूरा हुन नपाउदै मैले जवाफ दिसकेछु तर मलाई थाहै भएन, सायद श्रेयाको मनमा यो सवाल आउनुअघिनै म अष्ट्रेलियामा रहेको मेरो अकम्पको प्रेम कोपिलाको स्मृतिमा डुबिरहेको थिएं, त्यसो त मेरो स्मृतिमा उनी नआएको र म उनको स्मृतिमा नडुबेको क्षणनै कहाँ हुन्छ र... ।


हाँसिरहेकी श्रेया एक्कासी गंभिर भइन् र भावुक हुदै मलाई मायाँलु नजरले हेरेर भनिन्,


“देवदाषहरु केवल मुभिमा मात्र हुदैनन्, वास्तविक जीवनमा हुन्छन् र यिनै वास्तविक देवदाषहरुलाई मुभिमा उतारिने रहेछ भन्ने ज्वलन्त प्रमाण पाएं मैले ।”  


“म मेरो खुशीले देवदाष भएको हुँ श्रेया, तर मेरो मधूशालामा मुजरा होइन भगवान श्रीकृष्णको वासुरीको सुमधूर दिव्य नाद गुञ्जिरहन्छ सदा कोपिलाको स्मृतिसंग घुलमिल भएर ।”

“... !?” 


श्रेयाको आवाजमा शुन्यता थियो तर उनको चम्किलो चेहरामा सवालै सवालका पूर्णताका लहरहरु सलबलाइरहेका थिए । मैले उनका सवालका ज्वारभाटाहरुलाई एकएक गर्दै साम्य पार्ने प्रयासमा मेरो अकम्पको मधूशालामा वर्षौंदेखि दबेर रहेका कोपिला र मेरा विषयका स्मृतिहरु खोल्न थालें । म अन्तरहृदयदेखि नै अत्यन्तै खुशी थिएं किनकी यतिका वर्षपछि मलाई यो अवसर मिलेको थियो र म मेरो अकम्प क्षेत्रमा दबेर रहेका मेरा अन्तरभावहरुलाई म बाहेक अर्को कोही शुभचिन्तक समक्ष धक फुकाएर साझा गर्दै थिएं,


“हो, मैले कोपिलाको खुशी रोजें र जान दिएं उनलाई आफ्नो जीवनबाट सदाकालागि । त्यसको बदलामा उनले मलाई नयाँ जीवन शुरु गर्न सुझाव दिएर गइन तर म उनको जीवनबाट वाहिर निस्किन सकिन या भनौं निस्किन चाहिन र वर्षौंसम्म उस्तै अन्तरभावमा प्रस्तुत भइरहें भौतिक संसारमा उनी मेरोलागि गैर हुन् भनेर जान्दाजान्दै पनि । उनी भौतिक संसारका प्राप्तिहरुको रमझममा रमाएका तस्वीरहरु बग्रेल्ती देखें र मैले उनको खुशीमा अझ अर्को आयाम थपिदिन केही वर्षपछि उनको बारबारको आग्रह मान्दिएं र हृदयमा उनी भएपनि मेरो मनमा र जीवनमा अर्को पात्रलाई सामेल गरें, मैले विवाह गरें तर हृदय संधै उनकै नामले मात्र धड्कीरह्यो । यो विन्दुबाट न म पछाडि हट्न सकें न उनी पछाडि हट्न सकिन तर तुलनात्मक रुपमा चाहिं मेरो  गहिराइ बढि रहेको कोपिला स्वयंलाई महसुस भएछ, त्यसैले उनी कहिलेकाहीं मलाई ‘क्रेजी मान्छे’ भनेर गाली पनि गर्छिन । पछिपछि उनको हृदयको अवस्था पनि मेरै जस्तो भएका कुराहरु एकपछि अर्को गर्दै मसंग साझा गर्दै गइन् । वर्तमान समयमा हाम्रो मन र जीवनमा आ–आफ्नो सुखी घरसंसार छ, उसको घरसंसारमा उसका दुईवटा कोपिलाहरु छन् र मेरो घरसंसारमा मेरा तीनवटा कोपिलाहरु छन् तर अन्तरहृदयको भावमा केवल उनी र म मात्र छौं अर्थात हाम्रो कम्प क्षेत्रमा एउटा संसार छ र अकम्प क्षेत्रमा अर्को संसार छ । यी लौकिक र अलौकिक दुवै संसार अत्यन्तै सुन्दर छन् । 


म त जहाँ उनले छोडिन् त्यहीं रहिरहें संधै न अगाडि गएं न पछाडि हटें । सबै कुराहरुमा मनलाई सम्झाएं, आमने सामने तथा भौतिक स्पर्श मात्र प्रेम होइन, यो त केवल आकर्षण हो, यो भन्दा धेरै गुणा प्रेमको प्राप्ति भावनाको स्पर्श, मायाँलु नजरको स्पर्श हो, गहिरो चाहनाको अनुभूति हो जहाँ आत्मा अर्थात चेतना स्वयं उपस्थित र सहभागी हुन्छ पूर्ण रुपमा । प्रेम भौतिक रुपमा गरिने प्राप्ति होइन, प्रेममा जीउने हो, निशर्त प्रेममा पाउने तथा लिने आकांक्षा शुन्य हुन्छ मात्र प्रेम पात्र खुशी, शान्त र सुरक्षित रहोस् भन्ने भाव हुन्छ, आफूलाई जे होस त्यसको लेखाजोखा हुदैन उनलाई केही नहोस् त्यति मात्र ख्याल हुन्छ । आफ्नो इच्छा गौण हुन्छ प्रेम पात्रको खुशी र शान्ति प्रमुख प्राथमिकतामा हुन्छ किनकी भावबाट प्रष्फुटित भएको प्रेममा शर्त, अपेक्षा, गुनासो केहीपनि हुदैन । आफूले चाहेको प्रेमपात्रको सानिध्यता पाउनु  परमात्माको सबै भन्दा ठूलो आर्शिवाद त हो तर भौगोलिक दुरीका कारण उनको सानिध्यता, उनको भौतिक स्पर्श नपाए पनि उनको हृदयको भावको स्पर्श, मायाँलु नजरको स्पर्श पनि ठूलै आशिर्वाद हो परमात्माको, जुन संधै मसंगै छ.... । 


केही समयपछि सायद जीवनका भोगाइहरुमा उनलाई विस्तारै जीवनले सिकाउदै गएकोले होला अहिले उनी जीवनका भौतिक उपलव्धिहरुमा केही पनि रहेनछ, तिमीलेनै भनेझैं यो सबै मनको अवस्था तथा मनको खेल रहेछ, वास्तविक जीवन र जीवनको सफलता त अन्तरहृदयको प्रेमको भाव र अलौकिक प्रेमको प्राप्ति रहेछ भन्ने निष्कर्षमा पुगेकीछिन । अहिले हामी पहिला जहाँ थियौं त्यहीं फर्केका छौं अन्तरभावको प्रेमनगरमा र फेरीपनि हामी त्यही आठ कक्षा पढ्दाकै अन्तरभावको आनन्दमा, एउटा अलग्ग प्रकारको अलौकिक संसारमा पुगेकाछौं विश्वका अलग–अलग धु्रवका भूगोलमा आ–आफ्नो जीवनयापन गर्दै र रहदै आएका भएपनि । तिमीले जीवनका सबै विषय, घटना तथा अनत्रभवहरु ‘मनको अवस्था तथा मनको खेल हो’ भनेपछि म तिमीतिर खिचिएको हुँ, तिम्रा कुरा सुन्न किनकी कोपिलाले पनि मसंग यस्तै भाव व्यक्त गरेर, मनलाई नै खुडकिलो बनाएर तिमीले भने जस्तै सानो ‘म’ बाट ठूलो ‘म’ तिरको यात्रा प्रारम्भ गरेकी रहिछिन् र देवदाषको जीवनमा पारो बनेर पुनः फर्केकी रहिछिन् । त्यसैले म पनि त बुझौं आखिर के रहेछ यो मन भन्ने चिज भनेर तिम्रो विचार खोतलिरहेको हुँ मैले...., खुव आनन्द आयो र यो बसाई अत्यन्तै फलदायि भयो मेरोलागि, धन्यवाद... ।”

 “धन्यवाद... !”

                                 


                                                                    अस्तु

                                             शिवोहम् ! शिवोहम् !! शिवोहम् !!!

Friday, 19 September 2025

आध्यात्मिक साहित्य: सबै चैतन्य छ

   लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन


कथा

‘ॐ मनि पद्मे हुम्... ॐ मनि पद्मे हुम्... ॐ मनि पद्मे हुम्...’

अर्थात ‘म पवित्रता(ॐ), करुणा(मनि) र प्रज्ञा(पद्मे)को संगम हुँ...’


कात्तिक महिनाको विहानिपख घाँसको मैदानमा परालको बाक्लो चकटीको आसनमा बसेर स्वम्भुको डाँडाबाट काठमाडौं उपत्यकाको मनोरम प्राकृतिक दृष्य नियालिरहदा नजिकको स्वयम्भु बौद्ध गुम्बाबाट यो दिव्य महामन्त्रको अखण्ड ध्वनि गुञ्जिरहको थियो र यो दिव्य ध्वनिले मेरो मनलाई पवित्रता, करुणा र प्रज्ञाको संगमको अलौकिक दिव्यतातिर खिचिरहेको थियो । यो महामन्त्रको अलौकिक तरंगसंगै मेरो चेतना ध्यान साधनामा गहिरिदै गैरहेको थियो । विहानिपखको मौसममा सुस्तरी चलेको चिसो वतासले शिरदेखि पाउसम्म कोमल स्पर्श गरेर शरीर, मन, भावलाई ताजगी प्रदान गर्दै ठण्डापनको साक्षी बनाइरहेको थियो । वतासमा समिश्रित भएर आएका गोदाबरी र सयपत्रि फूलका अत्यन्तै मिठा–मिठा सुगन्धहरुले श्वासलाई स्वतः लामो र गहिरो बनाउदै लगिरहेका थिए । 


करिव आधा घण्टाको ध्यान साधनापछि विस्तारै म ध्यानबाट वाहिर निस्किएं, स्वयम्भु गुम्वापट्टि फर्केर हृदय अगाडि अंजलि मुद्रामा दुवै हात जोडेर विश्व शान्तिका अग्रदुत भगवान बुद्धलाई शिर र हृदय झुकाएर नमन् गर्दै म आसनबाट उठें । घर फर्कने क्रममा भिरालो बारीमा लगाइएका ढकमम्क फुलेका गोदाबरी र सयपत्रि फूलहरुको सुगन्धले बारबार आँखा र मनलाई त्यतैतिर खिचिरहेको थियो । मनमा लाग्यो एउटा सयपत्रिको फूल टिप्छु र बाटोभरि सुगन्धको आनन्द लिदै घर फर्कछु । भिरालो बारीमा भएमध्यको ठूलो सयपत्रिको फूल टिप्न हात लम्काउदै थिएं तर आश्चर्य भयो,


“केही प्रयोजनकोलागि हो भने मलाई टिप नभए नटिप...” 

“... !”

म निशव्द भएं मेरो अन्तरहृदयमा यो सन्देश गुञ्जिएपछि । फूललाई हेरिरहें र फूल टिप्न अगाडि लम्काएको हातलाई पछाडि सारेर यथास्थानमा राखें तर मन दौडिन थाल्यो अन्तरहृदयमा गुञ्जिएको सन्देशको खोजतलास गर्न । तुरुन्तै मेरो मानसपटलमा झुलुक्क एउटा स्मृति आयो मैले पहिला कतै सुनेको कुरा, ‘ब्रम्हाण्डका सबै चिजहरु चैतन्य छन्’ अर्थात जीव, वनस्पति, पदार्थ सबैमा समान चेतना हुन्छ र चेतनाको विकास भएका व्यक्तिहरुले बिना प्रयोजन फूल तथा वनस्पति कहिल्यै टिप्दैनन् किनकी उनीहरुलाई थाहा छ ब्रम्हाण्डका सबै चिज तथा वस्तुहरु चेतनशील छन् तिनलाई पनि खुशी, शान्ति, दुःख, पिडा आदिको अनुभव हुन्छ र आ–आफ्नै प्रकारले व्यक्त पनि गर्छन । श्रद्धेय परमहंस योगानन्दज्यूको ‘योगीको आत्मकथा’ पुस्तकमा पनि वहाँले यही कुरा भन्नुभएको छ, “मैले चिनेका एकजना सन्तले फूल कहिल्यै टिपेनन् ।” यही प्रसंग यो क्षणमा ममा पनि घटित भयो । सयपत्रि फुलले “केही प्रयोजनकोलागि हो भने मलाई टिप नभए नटिप...” भन्ने सन्देश दिएर मलाई बिना प्रयोजन उसको हत्या नगर्न आग्रह गरिरहेको थियो विनम्रतापूर्वक । यसअघि मलाई शरीरमा रहेका तथा नरहेका मनुष्य, पशु, पंक्षी तथा सुक्ष्म प्राणीहरुको चेतनाले मात्र उनीहरुको आफ्ना सन्देशहरु दिने गर्थे, सुनाउथे र मसंग दोहोरो संवाद पनि गर्थे । वनस्पतिको चेतनासंगको मेरो प्रत्यक्ष साक्षाकार भएको र अन्तरहृदयमा सन्देश गुञ्जिएको यो अनुभव पहिलो पटक भएको थियो मलाई । मैले पूर्वीय अध्यात्म दर्शनको प्रमुख विषय योग विज्ञानका युगौं पूराना शास्त्र तथा पाठ्य सामग्रीहरुमा पढेको र सुनेको मात्र थिएं, यस ब्रम्हाण्डका सबै कुरा चैतन्य छन् अर्थात ब्रम्हाण्डमा स्थित जीव, वनस्पति र पदार्थहरु सबैमा चेतना तथा जीवन छ, ती सबै फरक प्रकारले जीवित छन् र आ–आफ्नो प्रकारले एकआपसमा संवाद गर्दछन्, सहयोग, सदभाव, सेवा, दया, करुणा राख्दछन् । आत्मा अर्थात चेतनाको विकास भएको योगी, सन्त तथा चैतन्य मनुष्यहरुले मात्र यी सबै जीव, वनस्पति र पदार्थहरुसंग प्रत्यक्ष साक्षातकार र दोहोरो संवाद गर्न सक्छन् ।


अध्यात्म विज्ञानका यस्ता अलौकिक विषयहरु पढ्न र जान्न अत्यन्तै रुचि लाग्ने हुनाले मैले यस सन्दर्भसंग सम्वन्धित सामग्रीहरु खोजी–खोजी पढ्दै आइरहेको छु । ब्रम्हाण्डमा सबै चैतन्य छ भन्ने सन्दर्भमा अन्य सामग्रीहरु पनि धेरै छन् तर सबैले थाहा पाउने श्रद्धेय परमहंस योगानन्दज्यूको ‘योगीको आत्मकथा’ पुस्तकको अध्ययाय आठमा श्रद्धेय योगीले वैज्ञानिकतामा आधारित रहेर अत्यन्तै सुक्ष्म तवरले जानकारी दिने प्रयास गर्नुभएको छ भारतीय वनस्पति विज्ञ तथा वैज्ञानिक श्री जगदीशचन्द्र बोसको वैज्ञानिक आविस्कार क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रले देखाएका प्रामाणिक नतिजाहरु अन्तर्गत रहेर । यो सुक्ष्मसंवेदी तथा सुक्ष्मदर्शक यन्त्रले आश्चर्यजनक ढंगले ‘जड र चेतन’ पदार्थहरु अलग हुन् भन्ने सिमाना तोड्दछ र एकै हुन्, सबै जीवित छन्, सबैमा चेतना छ, कुनै भिन्नता छैन भन्ने मिलापका विन्दुहरु पुष्टि गर्दछ । यो वैज्ञानिक तथ्यांकले जीव, वनस्पति र पदार्थहरुलाई एकसमान नियम अन्तर्गत ल्याएको छ । यी सबैले निश्चित रुपले समान थकाइ, निराशा, सम्भावित आरोग्य लाभ, आनन्द, पिडावोध, प्रतिक्रिया, मृत्युका लक्षणहरु प्रदर्शन गर्दछन् । पुस्तकमा भनिएको छ,  

“वनस्पतिहरुमा पनि संवेदनशील स्नायुतन्त्र र विविध प्रकारका भावनात्मक समवेदनाहरु भएको जीवन हुन्छ । प्रेम, सुख, खुशी, आनन्द, डर, दुःख, घृणा, उत्तेजना, मोह तथा अन्य असंख्य भावात्मक प्रतिक्रियाहरु वनस्पतिहरुमा त्यत्तिकै सत्यताकासाथ विद्यमान छन् जति जीवजन्तुहरुमा छन् ।”


क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रले वैज्ञानिक प्रयोगशालाहरुमा वनस्पतिमाथि गरिएका प्रयोगका नतिजाहरुले सामान्य अवस्थामा सुचारु रुपले वनस्पतिको वृद्धि–विकास भैरहेको तथा विद्युतिय तरंगहरु चलिरहेको देखिएको थियो । केही वाहिरी हस्तक्षेप तथा अवरोध खडा गरिदिदा वृद्धि–विकास रोकिएको देखिएको थियो र अवरोध हटाइदिएपछि फेरी वृद्धि–विकास हुन तथा तथा विद्युतिय तरंगहरु चल्न शुरुभएको देखिएको थियो । वनस्पतिको डाँठमा तिखो वस्तुले घोच्दा पिडा वोध गरेर छटपटाएको, बोटबाट डाँठ काटेर अलग गर्दा केहीबेर प्राणीझैं छटपटाएर पछि मृत भएको तथा वृद्धि–विकास पूर्णतः रोकिएको देखिएको थियो । यसले यो सिद्ध गर्छकी वनस्पतिहरुमा पनि रससंचार प्रक्रिया हुन्छ र यो क्रिया जीवहरुमा हुने रक्तसंचार प्रक्रियासंग ठ्याक्कै मिल्छ । वनस्पतिको गोलाकार नली नशा हो जसले मुटुको काम गर्छ, नलीको माध्यमबाट पाचन तरंगहरुले जरादेखि टुप्पोसम्मलाई जोडेको हुन्छ र यसैले वनस्पतिको भोजन ग्रहण, पाचन प्रक्रिया, वृद्धि–विकासका कामहरु सुचारु गरिरहेको हुन्छ । 


क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रले पदार्थमा गरेको प्रयोगको नतिजामा पनि त्यस्तै देखिएको थियो । सामान्य अवस्थामा पदार्थका सुक्ष्म कण तथा अणुका विद्युतिय तरंगहरु चलिरहेका देखिए र केही वाहिरी हस्तक्षेप तथा अवरोध खडा गरिदिदा तरंगहरु रोकिएका र अवरोध हटाइदिएपछि फेरी तरंगहरु उसैगरि चलेका देखिएको थियो र पदार्थमा विषादीको प्रयोग गर्दा केहीबेर पिडावोधको कम्पन गर्दै पछि मृत अवस्थामा देखियो अर्थात सुक्ष्म कण तथा अणुका तरंगहरु चल्न पूर्णतः बन्द भएको देखिएको थियो । यो वैज्ञानिक अध्ययनले देखाए अनुसार मनुष्य तथा जीवहरुभित्र जीवन र चेतनाको जस्ता प्रक्रियाहरु छन् वनस्पति र पदार्थहरुभित्र पनि ठिक त्यस्तै प्रक्रियाहरु छन् । सनातन अध्यात्म विज्ञानको षट्दर्शन मध्यको पनि सबैभन्दा महत्वपूर्ण वेदान्त दर्शनले हजारौं वर्ष अघिदेखि प्रामाणिक रुपमा भन्दै आइरहेको विषय, ‘ब्रम्हाण्डका सबै चिज तथा वस्तुहरु चैतन्य छन्’ भन्ने शाश्वत सत्यलाई अस्वीकार गर्ने आधूनिक भौतिक विज्ञानलाई जवाफ दिने दरिलो आधार हो यो क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रका प्रयोगका वैज्ञानिक प्रामाणिक नतिजाहरु जुन इशापूर्वका पूर्वीय महाविद्याकेन्द्र तथा विश्वविद्यालयहरु तक्षशिला, नालन्दाले गर्दै तथा गराउदै आएका अध्यात्म विज्ञानका विषयहरुको अध्ययनको निरन्तरता हो । वेदान्त दर्शन र क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रले देखाएका नतिजाहरु मेल खाएपछि आधूनिक भौतिक विज्ञानका पश्चिमी वैज्ञानिकहरुले सम्मान प्रकट गर्दै प्राच्य तथा पूर्वीय सनातन अध्यात्म दर्शनको सम्मानमा शिर झुकाएका थिए किनकी यो वैज्ञानिक प्रयोगले ब्रम्हाण्डमा स्थित सबै चिज तथा वस्तुहरु चैतन्य छन् भनेर सबैलाई मान्य हुने ठोस सबुत सबै समक्ष प्रस्तुत गरेको थियो ।


प्रकृतिमा रहेका सबैप्रकारका जीवहरुमा जीवन र चेतना हुन्छ, यो कुरा हामी सबैलाई थाहा छ । वनस्पति र पदार्थहरुमा पनि यस्तै प्रकारको जीवन र चेतना हुन्छ भन्ने विषयलाई पछिल्ला वैज्ञानिक खोजका नतिजाहरुले पुष्टि गरिसकेका छन् । विभिन्न समयमा गरिएका प्रयोगात्मक अभ्यास तथा अध्ययनका तथ्यांकहरुले प्रमाणित गरिसकेका छन् कि सुमधूर संगीत, मिठो बोलि, प्रेम भाव, सुन्दरता जस्ता सकारात्मक अवस्थाहरु मनुष्य लगायत सबै जीव, वनस्पति र पदार्थहरुलाई पनि मनपर्छ किनकी उनीहरु पनि आ–आफ्नै प्रकारले आवाज सुन्न सक्छन्, सुन्दरता देख्न सक्छन्, हेरचाह, प्रेमका भावहरु बुझ्न तथा अनुभूति गर्न सक्छन् । यसप्रकारको सकारात्मक अवस्थामा सबै जीव, वनस्पति र पदार्थहरु पनि आ–आफ्नो प्रकारले खुशी हुन्छन्, सुखको अनुभव गर्छन्, नाच्छन्, स्त्री पशुहरुले दुध धेरै दिन्छन्, वनस्पति राम्रो फस्टाउछन् र उब्जनी तथा फसल राम्रो र धेरै दिन्छन् । 


विशेष प्रकारको क्षमता भएका व्यक्तिहरुले भौतिक रुपमा पशु, पंक्षी तथा प्राणीहरुलाई आफ्नो सन्देश पठाएको; उनीहरुको सन्देश ग्रहण गरेको; उनीहरुलाई विभिन्न प्रकारका ध्वनिहरु निकालेर समुहमा आफ्नो वरिपरि बोलाएर जम्मा गरेको; उनीहरुसंग खेलेको, छोएको, उनीहरुकै लवजको आवाज निकालेर भाषा आदान–प्रदान तथा संवाद गरेको जस्ता घटनाहरु हामीले सुन्दै, देख्दै र अनुभव गर्दै आइरहेका छौं । यो प्रामाणिक भौतिक संसारको भौतिक विज्ञानको एउटा फरक पाटो हो र अनौठो तथा आश्चर्य लाग्छ यस्ता कुराहरु सुन्दाखेरी । पराभौतिक संसार अन्तर्गत पर्ने अध्यात्म विज्ञानमा अझ आश्चर्य र अपत्यारिलो लाग्ने अर्को चमत्कारिक पाटो पनि छ तर यो चमत्कार तथा जादु नभएर शुद्ध विज्ञान हो तर भौतिक तथा इन्द्रियजनित विज्ञान भन्दा अलि फकर अतिइन्द्रियजनित विज्ञान हो जो भौतिक रुपमा दृश्यमा छैन, सुन्न, छुन, सुघ्न, स्वाद लिन सकिदैन तर छ, अझ सशक्त रुपमा अस्तित्वमा छ । आत्मा अर्थात चेतनाको विकास भएका चैतन्य मनुष्यहरुले आन्तरिक रुपमा अर्थात बिना कुनै भौतिक गतिविधि मौन अवस्थामै रहेर आफ्नो अन्तरहृदयमा निरन्तर तरंगीत भैरहेने विद्युतिय तरंगहरु तथा आभामण्डल अर्थात अंग्रेजीमा क्वान्टम फिल्डको माध्यमबाट सबैप्रकारका जीव, वनस्पति र पदार्थहरुसंग साक्षातकार र दोहोरो संवाद गर्न सक्दछन् । 


डेढ दशकदेखि आफू चक्र ध्यान साधना गर्दै आएकोले ध्यान साधनाको गहन अवस्थामा विभिन्न अलौकिक अनुभवहरु हदै आइरहेका थिए र छन् । ध्यान साधनाको गहिराइमा निकै अघिदेखि नै शरीरमा रहेका र शरीरमा नरहेका दुवै प्रकारका मनुष्यहरुको आत्मा अर्थात चेतनासंग मेरो साक्षातकार र दोहोरो संवाद भैरहेको थियो । ध्यान साधनाको निरन्तरता र गहनतासंगै आधूनिक भौतिक विज्ञानले जड, अचेतन तथा मृत मान्दै आइरहेका वनस्पति र पदार्थहरुका चेतनाका विद्युतिय तरंगहरु अनुभूति गर्ने, तिनीहरुसंग साक्षातकार हुने, तिनीहरुको सन्देश ग्रहण हुने र दोहोरो संवाद हुनेक्रम बढिरहेको थियो मेरो अनुभूतिमा । यो क्रम विस्तारै क्रमशः मनुष्यहरुको चेतना हुदै पशु, पंक्षी, प्राणी तथा  सुक्ष्म जीवाणुहरु, वनस्पति र पदार्थहरुसम्म पुग्यो । सामान्य जीवनयापन गरिरहेका सांसारिक मनुष्यहरुलाई यस्ता विषयहरु सुन्दा चमत्कार, जादु, काल्पनिक गफ तथा अन्धविश्वास जस्तो लाग्न सक्छ तर हुद्ध विज्ञान हो । अध्यात्म विज्ञानको प्रमुख विषय योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित योगीक साधनाका विधिहरुको निरन्तर निष्ठापूर्वक प्रयोगात्मक अभ्यास गरेर यस्ता पराभौतिक, परालौकिक, दिव्य उपलव्धिहरु हासिल गर्न सकिन्छ जसलाई सनातन अध्यात्म दर्शनका शास्त्रहरुले सिद्धि तथा निधिका रुपमा विस्तारमा व्याख्या गरेको छ । भगवान हनुमानजी प्रति समर्पित हनुमान चालिसामा उधृत ‘...अष्ट शिद्धि, नवनिधिका दाता...’ श्लोक यही विज्ञानलाई संवोधन गर्ने विषयमा आधारित रहेको छ । योगीक साधनाको माध्यमबाट आफ्नो आत्मा अर्थात चेतनाको विकास गरेर शिद्धि तथा निधिहरु हासिल गरिसकेपछि ब्रम्हाण्को महाचेतनामा एकाकार भएको साधकको चैतन्य चेतनाले ब्रम्हाण्ड तथा प्रकृतिमा स्थित सबैप्रकारका जीव, वनस्पति र पदार्थहरुको चेतनाबाट तरंगीत हुने विद्युतिय तरंग सुन्न सक्ने, उनीहरुसंग दोहोरो संवाद गर्न सक्ने शक्ति तथा क्ष्मता प्राप्त गर्दछ । 


स्वस्थ र आरोग्य जीवन जीउनका लागि संधै विहान एक घण्टा प्रातः भ्रमण, योग साधना र ध्यान साधना गर्नु मेरो प्राथमिकतामा रहदै आएको छ । यसक्रममा संधैझैं विहान साढे पाँचबजे घरबाट प्रातः भ्रमणकोलागि म निस्कें नजिकैको हरियाली पार्क वरिपरि घुम्ने उद्देश्यले । तालको छेउमा योगासन र प्राणायामको नियमित अभ्यास गरिसकेर घर फर्कने क्रममा बाटो मैले कागको एउटा समुहले मरेर सडेको मूसालाई लुछीलुछी खाइरहेका देखें । त्यो दृश्य मैले हेरिरहें एकछिन् र मनमा स्वस्फूर्त विचार प्रवाहित भयो, प्रकृतिले पनि कस्तो–कस्तो नियम निर्धारण गरिदिएको होला, एक जीवले अर्को जीवलाई हिंसा गरेर आफ्नो आहार बनाउने तथा खाने; केही जीवले ताजा रुचाउने, केही जीवले सडिसकेको सिनो पनि झन रुचाएर खाने; मनुष्य लगायत केही जीवहरु साकाहारी र मांसाहारी दुवै हुने, केही जीवहरु मांसाहारी मात्र हुने र केही जीवहरु साकाहारी मात्र हुने ! यी कागहरु चाहिं कुन वर्गमा पर्छन होला... !? यस्तै विचारहरुको मनमा मडारिरहेको समयमा अचानक मेरो अन्तरहृदयमा सन्देश गुञ्जियो,


“...तँ सानो छँदा तैंले रुंघेको दुध दुहुने ढुंग्रोबाट तँलाई झुक्याएर हामीले नौनी घिउ खाएको बिर्सिस, हामी मांसाहारी र साकाहारी दुवै हौं... !?” 


म झसंग भएं, मेरो अन्तरहृदयमा गुञ्जिएको कागहरुको यो सन्देश सुनेर । आफू तीन, चार कक्षामा पढ्दाखेरी हहुने गरेको दैसनक जीवनयापनको यो विषय मैले त्यसयता सायदै मेरो स्मृतिमा ल्याएको थिएं होला किनकी त्यो विषय मेरो स्मृति ल्याउनु पर्ने तथा आउनु पर्ने कुनै त्यस्तो महत्वको विषय थिएन तर आज कागहरुको चेतनाले मलाई अचानक ती दिनहरुमा फर्काइदियो । अन्तरहृदयबाट यो आवाज सुन्ने बित्तिकै त म झस्किएं तर विस्तारै सामान्य र अत्यन्तै आनन्दित हुदैगएं म दुई कारणले । पहिलो, मैले पूर्वीय सनातन अध्यात्म विज्ञानका विषयहरुमा सुन्दै र पढ्दै आएको विषय ब्रम्हाण्ड तथा प्रकृतिमा रहेका समस्त जीव, वनस्पति र पदार्थहरु सबै चैतन्य छन्, उनीहरु सबैमा समान प्रकारको जीवन, आत्मा अर्थात चेतना छ र एकले अर्काको चेतनालाई सुन्न, बुझ्न, साक्षातकार गर्न र दोहोरो संवाद गर्न सक्छन् । दोस्रो, वातावरणका कुचिकार मानिने यी सुन्दर पंक्षी कागहरुले मलाई मेरो स्मृतिबाट बिलिनि हुनलागेको वाल्यकालको स्वतन्त्रता, निर्धक्कता, पारिवारीक वातसल्यको अनुपम मस्ती र आनन्दको क्षणमा पुर्याइदिएका थिए । ती दिनहरुमा म तीन कक्षामा पढ्थें, माताजीले संघैजसो भन्ने गर्नुहुन्थ्यो,


“...नानी यो ढुंग्रो हेरिराख है कागले नौनी घिउ लैजाला, म पाडी छोडेर भैंसी पगारेर आउछु, म दुध दुहिसक्छु अनि स्कुल जालिस... ।”

“...हस्... ।”


हस् भनेर म भैंसी दुहुदा थुन मुलायम पार्न आवश्यक पर्ने नौनी घिउ रुघेर माताजीलाई मद्धत गर्न तयार हुन्थें र दुध दुहुने ढुंग्रोको नौनी घिउ रुघ्न बस्थें तर म ढुंग्रो मात्र रुघ्थें ढुंग्रोको नौनी घिउ रुघ्न सक्दिनथें । मैले रुघ्दारुघ्दै कागले नौनी घिउ लगिसक्थ्यो अनि म माताजीको गाली खान्थें, ‘...साह्रै लाटी छे यो...’ भनेर । गाली खाँदाखाँदा मेरो सानो मस्तिकमा ढुंग्रोको नौनी चोर कागबाट बचाउने एउटा जुक्ति आयो, मैले आफूले लगाएको स्कुलको पोसाक सट खोलेर ढुंग्रो छोपिदिएं र नौनी चोरी हुनबाट बचाएं तव बल्ल माताजी मसंग खुशी हुनुभयो । दुध दुहिसकेर पाडी छोड्ने, बाँध्ने र अरु व्यवस्था मिलाउन्जेल बिरालोबाट दुध बचाउन फेरी रुघ्नु पथ्र्यो । यहाँपनि माताजी नआउन्जेल मैले उही जुक्ति लगाएं सटले ढुंग्रोको दुध छोपिदिएं ताकि छेउमा म्याउँ–म्याउँ गरेर बसिरहेको बिरालोले दुध देख्न नसकोस र नजिक नआओस भनेर । लामो समयसम्म मेरो यस्तै दिनचर्या चलिरह्यो हरेक विहान माताजीलाई दुध दुहुन मद्धत गरिसकेर स्कुल पढ्न जाने ।  


स्कुल जान तयारी गर्ने क्रममा एकदिन सट नभेटेपछि मैले कोठा वाहिर निस्केर आगनमा काम गर्दै गर्नु भएको माताजीलाई ठूलो स्वरमा साधें, 

“मेरो दुध छोप्ने सट खोइ, मैले भेटिन, कहाँ छ... ?” 


परिवारका सदस्यहरु र नजिकका छिमेकीहरु मेरो कुरा सुनेर मरिमरि हाँस्नु हुन्थ्यो, म पनि वहाँहरु संगै हाँस्थें तर किन हाँसेको हो सबैजना मलाई थाहा थिएन । पछि आफू किशोरी अवस्थामा प्रवेश गर्दैजाँदा आफ्नो शरीरमा आएका शारीरिक परिवर्तनहरुपछि र माताजीले ‘अव त्यसो भन्नु हुदैन है’ भन्नु भएपछि बल्ल थाहा पाएं वहाँहरु वाल्यकालमा मैले त्यसो भन्दा किन मरीमरी हाँस्नु भएको रहेछ भनेर । कागहरुको चेतनाले पुर्याइदिएको वाल्यकालको यो मिठो स्मृतिमा हराएको यस घडिमा यी पंक्तिहरु लेख्दै गर्दा त्यतिबेला वालअवोध पनमा नबुझेको चूरो कुरा बल्ल पो गहिराइमा बुझेर यसपटक म दिल खोलेर हाँसे... । 


मौन अवस्थामा अन्तरहृदयमा निरन्तर भैरहने यस्ता पराभौतिक तथा परालौकिक दिव्य स्मृतिहरु धेरै छन् मसंग । फूलविरुवाहरु अत्यन्तै मनपर्ने माली प्रकृतिको व्यक्ति भएकोले मैले घरको बगैचामा, कौशीमा फूलविरुवाहरु धेरै लगाएको थिएं । एकदिन म घरको कौशीमा गमलाबाट जरा वाहिर निस्केका, मरेका, सुकेका फूलविरुवाहरु व्यवस्थित गर्दै थिएं र मरिसकेको विरुवा ओखलेर माटो मात्र भएको अठार इन्चको गमलालाई गोडाले ठेल्दै ठाउँ सार्दै थिएं, यसक्रममा मेरो अन्तरहृदयमा सन्देश आयो,


“तैंले हामीलाई लडाउने भइस्, अलि विस्तारै गर...!”

म अन्तरहृदयमा जीव, वनस्पति र पदार्थहरुको चेतनाको सन्देश सुन्न अभ्यस्त भैसकेको थिएं त्यसैले यो सन्देश सुनेर र मैले आश्चर्य त मानिन तर गमलामा विरुवा थिएन, हामीलाई लडाउलिस भन्ने सन्देश कसको थियो मैले थाहा पाइन र साधें, 


“मलाई यो सन्देश दिने तिमीहरु को हौ...?”

“हामी माटोका जीवाणुहरु हौं, गमला लड्यो या फुट्यो भने हामी छरिन्छौं र घाम र हावामा सेकिएर हामी मर्छौं, गमला लड्न नदे...?”


अव बल्ल चाहिं चकित भएं म र हृदयमा मनन् भयो कि, हो त नि, माटोभित्र त माटोमाथि भन्दा कयौं गुणा बढि सुक्ष्म जीवाणुहरु जीवन जीरहेका हुन्छन् । म सचेत भएं र गोडाले जथाभावी ठेलिरहेको गमलालाई विस्तारै हातले ठेल्दै गन्तव्यमा पुर्याएं । गमलाको मरेको विरुवा ओखल्दा र गमलालाई गोडाले ठेलेर सार्दा भुईंमा पोखिएर छरिएको माटो सबै सनक्क सोहरेर उठाएर गमलामै हालेर माथिबाट ओभानो माटोले छोपिदिएं र उनीहरुलाई भनें, 


“माटोका जीवाणुहरुको पनि मेरो जस्तै जीवन हुन्छ, होसियारी गर्नुपर्छ भन्नेमा म सचेत थिइन, मलाई यो नयाँ र अत्यन्तै महत्वपूर्ण ज्ञान दियौ तिमीहरुलाई, धन्यवाद । मैले तिमीहरुलाई लडाइन, अव तिमीहरु पनि मलाई धन्यवाद भन... ।”

“...धन्यवाद ।”


उनीहरुले पनि मलाई धन्यवाद भने । त्यसदिन फुर्सद निकालेर म कौशीमा भएका गमलाका सबै बोटविरुवाहरुको गोडमेल, काटछाँट, मलजल गरेर व्यवस्थापन गर्ने उद्देश्यले कौशीमा गएको थिएं । मरेका फूलविरुवाहरु निकालेर माटो र गमला व्यवस्थित गरेपछि म फूलविरुवाहरुका सुकेका पात, हागा काट्न थालें । यस क्रममा फूलविरुवाहरुले मसंग गुनासो गरे,


“तँ समय–समयमा हामीलाई हेर्न र हेरविचार गर्न आउदिनस्; तैंले अराको मान्छेले हामीलाई राम्रोसंग हेरविचार गर्दैन; समयमा आवश्यकता अनुसार पानी हाल्दैन, गोडमेल गर्दैन, मल मात्रा मिलाएर हाल्दैन त्यसैले हामी सुक्यौं, मर्यौं; तँ भ्याउदिनस भने र तँलाई हामी चाहिएको छैन भने कुनै अर्को उपाय गर तर यसरी स्याहार, पानी, मलजल बिना हामीलाई सुकाएर नराख; हामी बढ्न, फूल्न, फल्न सकेनौं; हाम्रो विकास रोकियो; चाहिदैन भने जरैसंग ओखलेर नष्ट गर तर यसरी बेस्याहार राख्दा र हाम्रो आवश्यकता नपुग्दा हामीलाई पिडा हुन्छ... ।”


म फेरी छक्क परें र आश्चर्यचकित पनि भएं किनकी यसअघि वनस्पति तथा फूलविरुवाहरुसंग भएका साक्षातकार तथा दोहोरो संवादहरुमा यसप्रकारुको विषय आएकै थिएन । उनीहरुको फूल, फल, रंग, प्रकार, प्रजाति, जाति, वंश, अक्सिजन, कार्वनडाइ अक्साइड, क्लोराप्लास्ट, कोषिका जस्ता वनस्पतिय प्रणालीका विषयहरुमा दोहोरो संवाद गर्ने गर्थें म उनीहरुबाट नै उनीहरुको आधारभूत जानकारीहरु लिने उद्देश्यले । तर त्यसदिन फरक प्रकारको संवाद भएको थियो र थाहा नै नपाएको ज्ञान पाइरहेको थिएं मैले उनीहरुको संवेदनशिलताको सन्दर्भमा उनीहरुबाटै । फूलविरुवाहरुको यसप्रकारको गुनासो सुनेर उनीहरुप्रति दया–करुणा भावले भरिदै मैले उनीहरुसंग क्षमा मागें र आफूले नभ्याएको तथा यस्तो समवेदनशिलता नबुझेको कारण यो अवस्था भएको हो तर अव म यो अवस्थालाई छिट्टै व्यवस्थापन गर्छु भनें नम्र भएर । सबै फूलविरुवाहरुको हरप्रकारले सक्दो स्याहार गरें र त्यसैदिन धेरैजसो फूलविरुवाहरुलाई घरको तल झारें, केहीलाई बगैंचामा माटोमा सारें र मालीको जिम्मा लगाएं र केहीलाई आफ्नो कोठा नजिकको कौशीमा लगें । यसप्रकारको समवेदनशिलता बुझेपछि मैले फूलविरुवाहरुलाई सक्दो समय दिने प्रयास गरें, केही कुराबाट बन्चित गरिन र त्यसपछिको अवस्था सबै सामान्य रहदै आएको छ । यसरी वनस्पतिहरुको भाषा बुझ्नु अगावै पनि मलाई फूलविरुवाप्रति अघाद स्नेह र रुचि थियो, अत्यन्तै मन पथ्र्यो, जताको घुमघामबाट फर्किदा पनि अरुहरु लगाउने तथा सजाउने सामग्रीहरु किन्थे तर म भो फूलविरुवा भाँचेर, काटेर, किनेर घरमा ल्याएर बडो प्रेमपूर्वक हुर्काउथे घुम्न गएको स्थानको मिठो स्मृतिको रुपमा । 


वनस्पतिहरुसंगको यसप्रकारको अलौकिक दोहोरो संवाद र अनुभूतिपछि मेरो स्नेह र रुचि अझ धेरै झांगिएर गएको छ उनीहरुप्रति र म अझ बढि संवेदनशील भएको छु । यसपश्चात मैले जीव बाहेकका अरु चिज, वस्तुहरुलाई ‘जड तथा निर्जिब’ भन्ने प्रकारको सम्वोधन गर्न छाडें र सबै जीव, वनस्पति र पदार्थ तथा चिज, वस्तुहरुलाई आफू सरह ठान्न थालें, सबैलाई आफूमा देख्न थालें र आफूलाई सबैमा देख्न थालें किनकी ब्रम्हाण्डमा केही पनि जड तथा निर्जिब छैन, सबै चैतन्य छ । एकदिन विहान म प्रातः भ्रमणबाट घर फर्कदै थिएं र त्यसदिन मनमा आफ्नो जन्म कुण्डलीकोबारेमा मनमा कुरा खेलाइरहेको थिएं । एक दशकअघि पूर्वीय अध्यात्म दर्शनको मान्यता अनुसार सनातन वेदकको आँखा तथा छैठौं अंग मानिने ज्योतिष शास्त्रका आधारभूत विषयहरुको अध्ययन गरेकोले यसबारे जानकार भएको कारण मैले मेरो जन्म कुण्डलीमा महायोग, राजयोग तथा योगहरु अवीस्था र वृहस्पति ग्रहको अवस्था, ग्रह स्थित भाव, यो ग्रहको अंश, ग्रहको दृष्टि, ग्रहले बनाएका राजयोग तथा योगहरुबारे मनमनै विश्लेषण गरिरहेको थिएं बाटो हिड्दै । यहीक्रममा मेरो अन्तरहृदयमा वृहस्पति ग्रहको सन्देश आयो,


“तेरो जन्म कुण्डलीमा हरप्रकारले मेरो अवस्था– अंश, दृष्टि, स्थित भाव, राजयोग तथा योगमा मेरो अवस्था बलियो छ... ।”

“हो वृहस्पति प्रभु, मैले जानेको ज्योतिषिय ज्ञान अनुसार मेरो जन्मकुण्डली तथा मेरो जीवनमा हजूरको उपस्थिति निकै मजबुत रहेको छ र हजूरकै शक्तिले मलाई मेरो चेतनाको विकासमा अगाडि बढाइरहेको छ..., म हजूरको आशिर्वाद र कृपाप्रति नतमस्तक छु... ।” 

“...तथास्तु... !”

मैले नतमस्तक भएर प्रभुप्रति कृतज्ञता व्यक्त गरेपछि ‘तथास्तु’ भनेर वृहस्पति ग्रह मेरो अन्तरहृदयबाट अन्तरध्यान हुनुभयो । म बाटोभरी वृहस्पति ग्रह प्रभुसंगको यो नयाँ प्रकारको अलौकिक ज्ञान, साक्षातकार र दोहोरो संवादलाई अत्यन्तै महत्वपूर्ण मान्दै प्रसन्नता र आनन्दमा मग्न हुदै घर आइपुगें र आफ्ना नियमित कर्महरुमा लागें बडो फूर्ति, उमंग र प्रेरणाकासाथ ।


अर्कोदिन पनि म प्रातः भ्रमणबाट घर फर्कदै थिएं बाटोका विच–विचमा रहेका ढुंगा, सिमेन्ट, ईंटा तथा काठका टुक्राहरु गोडाले हानेरबाटो छेउछाउ पंछाउदै ताकि मोटरको पांग्रामा परेर उछिट्टिएर बाटो हिड्ने बटुवाहरुलाई नलागोस भनेर । बाटो हिड्दै जाँदा एउटा अलि ठूलो इटा र सिमेन्ट जोडिएको टुक्रा अगाडि आयो त्यसलाई पनि गोडाले हानेर पंछाउन खोजें ठूलो भएपनि अलि बल लगाएर तर अलि मुस्किल भैरहेको थियो, यही क्रममा फेरी मेरो अन्तरहृदयमा सन्देश आयो,


“तैंले आफ्नो गोडामा चोट लगाउलिस्, मलाई कि अलि राम्ररी गोडाले भर लगाएर सारेर छेउ लगा कि हातले उठाएर छेउ लगा... ।”


म फेरी आश्चर्यचकित भएं किनकी पदार्थको चेतनाको सन्देश मेरो अन्तरहृदयमा मैले पहिलो पटक ग्रहण गरेको थिएं । मनमनमा लगिरहेको थियो र अत्यन्तै प्रसन्नता पनि छाइरहेको थियो कि अध्यात्म विज्ञानको योगीक सिद्धान्त अनुसार सबैभन्दा सुस्त विद्युतिय तरंग भएका पदार्थहरुको चेतनाको सन्देश पनि ग्रहण गर्न सकें मैले, सायद मेरो अध्यात्म साधना र चेतनाको विकासले सहि गति लिरहेको छ । उक्त ईंटा र सिमेन्टको टुक्रा तथा पदार्थको निर्देशन अनुसार मैले गोडाले अलि भर गरेर बाटोको मध्य भागबाट छेउ लगाएं र म आफ्नो बाटो लागें यो नयाँ प्रकारको अनुभूति दिएकोमा उक्त पदार्थलाई धन्यवाद दिएर । 


यी सबै परालौकिक अनुभव तथा अनुभूतिहरु ग्रहण गरिरहदा कहिलेकाहीं म आफैंलाई अचम्म लाग्छ कि भौतिक अस्तिव तथा स्थुल शरीरमा रहेका र नरहेका मनुष्य, पशु, पंक्षी, वनस्पति र पदार्थहरुको आत्मा अर्थात चेतनाले मसंग सम्पर्क स्थापित गर्न सक्यो या भनौं मैले तिनीहरुको चेतनाको विद्युतिय तरंग समाउन तथा साक्षातकार गर्न सकें, यस्तो कसरी हुन्छ होला !? यो अनौठो र आश्चार्य लाग्ने कुरा नै हो किनकी सांसारिक जीवनयापन गरिरहेका आम मनुष्यहरुमा यस्तो अनुभव तथा अनुभूति सितिमिति घटित हुदैन । तर यो शुद्ध विज्ञान हो, सनातन अध्यात्म विज्ञानको अत्यन्तै सुक्ष्म तर सर्वाधिक महत्वपूर्ण विषय हो, अध्यात्म विज्ञानका अनुसार, ब्रम्हाण्डका सबै जीव, वनस्पति र पदार्थहरु चैतन्य छन् । सनातन अध्यात्म विज्ञानको प्रमुख विषय वेदान्त दर्शनका अनुसार ब्रम्हाण्ड तथा प्रकृतिमा रहेका सबै जीव, वनस्पति र पदार्थहरुमा चेतना हुन्छ; यी सबैको चेतनाको विद्युतिय तरंगहरु फरक–फरक प्रकारले तिब्र तथा सुस्त गतिमा प्रकट हुन्छन्; सबैका तरंगहरुले सबैलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित गर्दछन् । सबै जीव, वनस्पति र पदार्थहरुका चेतनाको विद्युतिय तरंगहरु आत्मा अर्थात चेतनाको विकास भएका केही सिद्ध योगी तथा सन्त मनुष्यले सुनेर, सुंघेर, देखेर, स्पर्श गरेर, साक्षातकार गरेर, दोहोरो संवाद गरेर आदि माध्यमहरुबाट सहजै अनुभव तथा अनुभूति गर्न सक्छन् किनकी यो शुद्ध विज्ञान हो कुनै जादु तथा चमत्कार होइन । यस सन्दर्भमा पुर्वीय अध्यात्म विज्ञानका दर्शन शास्त्रहरु खासगरि योग विज्ञानका शास्त्रहरुमा शताप्दियौंदेखि यी प्रसंगहरुको विस्तारमा उल्लेख गरिदै र लिपिवद्ध गरिदै आइएको छ । पछिल्लो समयमा महायोगी रामाचारका(सन्१९६२–१९३२) र महायोगी पायलट बाबा(सन् १९३८–२०२४) अध्यात्म विज्ञान अन्तर्गत वेदान्त दर्शनको यो विषयलाई आधूनिक विज्ञान सम्मत दृष्किोणबाट अगाडि बढाउने ज्वलन्त महापुरुषहरु हुनुहुन्छ । 


महायोगी रामाचारकाले पनि योग विज्ञानका वैज्ञानिक विधिहरुको अनुशरण गरेर योगीक साधनाको माध्यमबाट विकसित भएको आफ्नो चेतनाले हासिल गरेका अनेकौं चमत्कारिक उपलव्धि, सिद्धि तथा निधिहरुको प्रयोग आधूनिक तथा अत्याधूनिक भैतिक विज्ञान र आधूनिक चिकित्सा विज्ञानको प्रत्यक्ष निगरानीमा रहेर वैज्ञानिक तवरमै बारबार प्रामाणित गरेर आधूनिक भौतिक विज्ञानलाई योग विज्ञानको शक्ति समक्ष घुँडा टेक्न बाध्य गराइसक्नु भएको छ । वहाँले आफ्नो पुस्तक ‘श्वासको विज्ञान अर्थात साइन्स अफ ब्रिथि’मा योगीक साधनाको बलमा गर्न सकिने मनुष्यको चेतना र योगीक साधनाको माध्यमबाट विकसित भएको चेतनाले गर्नसक्ने अनुभव तथा अनुभूतिहरुको बारेमा विस्तार उल्लेख गर्नुभएको छ । वहाँले पटक–पटक अमेरिकाका आधूनिक तथा अत्याधूनिक भौतिक शास्त्री तथा वैज्ञानिकहरु र आधूनिक चिकित्सकहरुसंग रहेर उनीहरुका अनेक अत्याधूनिक वैज्ञाननिक उपकरणहरुको प्रत्यक्ष निगरानीमा आफ्नो शरीर, मन, भावनाका सबै गतिविधिहरुलाई रोकेर तथा आफ्नो नियन्त्रणमा लिएर वैज्ञानिकहरुको समुहले वहाँलाई पूर्णतः मृत घोषणा गरिसकेपछि वहाँ पुनः आफ्नो योगीक साधनाको बलले जीवित भएर उनीहरुलाई चकित पार्दै सामान्य जीवनमा फर्किएर वहाँले पूर्वीय सनातन अध्यात्म विज्ञानको प्रमुख विषय योग विज्ञानको शक्ति विश्व सामु बारबार देखाइसक्नु भएको छ । त्यसैगरि महायोगी पायलट बाबाले आफ्नो श्रृंखलावद्ध पुस्कत ‘हिमालय कह रहा है’ मा योग विज्ञानका वैज्ञानिक विधिहरुको अनुशरण गरेर योगीक साधनाको माध्यमबाट विकसित भएको आफ्नो चेतनाले हासिल गरेका अनेकौं चमत्कारिक उपलव्धि, सिद्धि तथा निधिहरुको प्रयोग आधूनिक तथा अत्याधूनिक भौतिक विज्ञान र आधूनिक चिकित्सा विज्ञानको प्रत्यक्ष निगरानीमा प्रयोग गरेर तथा गराएर वैज्ञानिक तवरमै प्रामाणिक भैसकेका विभिन्न अदभूत विषयहरु निकै मसिनो गरि उल्लेख गर्नुभएको छ । 


क्रेस्कोग्राफ सुक्ष्मसंवेदी यन्त्रका आविस्कारक जगदीशचन्द्र बोसले स्थापित गर्नुभएको वैज्ञानिक तथ्यांक सहितको मान्यताका अनुसार, पदार्थमा चेतनाको गति सबैभन्दा सुस्त हुन्छ, पदार्थमा भन्दा वनस्पतिमा चेतनाको गति अलि तिब्र हुन्छ तर जीवहरुको भन्दा निकै सुस्त हुन्छ । जीवहरु मध्यमा मनुष्यमा चेतनाको गति अत्यन्तै तिब्र हुन्छ र योग विज्ञानको साधनाको माध्यमबाट मनुष्यले चेतनाको विकासको गतिलाई अझ तिब्र बनाएर उ चैतन्य स्वरुप भएर सतचितआनन्दमा स्थित हुनसक्छ, परमचेतना अर्थात सुपरकन्ससका मूलस्पवरुप परमात्मामा एकाकार हुनसक्छ र यसक्रममा उसलाई विविध प्रकारका अलौकिक विषयहरुको अनुभव तथा अनुभूतिहरु हुन सक्छन् । यस सन्दर्भमा योगीक साधना अन्तर्गत विशेषगरि श्वास तथा प्राणको आयाम प्राणायामको साधनाबाट वैज्ञानिक प्रामाणिकता र मान्यता प्राप्त तथ्यांकहरुका अनुसार निम्न तथ्यहरु सार्वननिक भएका तथा गरिएका छन्– 


( श्वासको सिधा सम्वन्ध हाम्रो मनको स्थिति र कम्पनहरुसंग हुन्छ एक मिनेटमा लिने श्वासको संख्या प्रतिमिनेट ११ भन्दा तल आयो भने हामी हाम्रो वरपर हुने कम्पन तथा विद्युतिय तरंगहरु सुन्न सक्छौं, जनावर, किरा, चरा आदि प्राणीहरुको आवाज सुन्न र तिनीहरुसंग साक्षातकार र दोहोरो संवाद गर्न सक्छौं । ठूला योगी, सन्त तथा योगीक साधकहरुसंग खतरनाक जनावरहरु पनि नतमस्तक हुन्छन् किनकी योगीले साधनाको बलले उक्त जनाबरको उर्जाको कम्पन तथा विद्युतिय तरंगबाट उसको भावना बुझेर त्यसै अनुसार व्यवहार गरेर जनाबरको मन जित्न सक्छ र आफ्नो अनुकुल हुनेगरि नियन्त्रणमा लिन सक्छ । बौद्ध धर्ममा भनिन्छ हात्ती लगायतका जनाबरहरुले भगवान बुद्धलाई अगाडिका घुँडा र सुँढ भुईंमा टेकेर नतमस्तक भएर प्रणाम गर्थे । 


( श्वासको संख्या प्रतिमिनेट ९ भन्दा कम भयो भने वनस्पति, पर्यावरणका भाव तरंगहरु सुन्न, बुझ्न सकिन्छ र उनीहरुसंग साक्षातकार तथा दोहोरो संवाद गर्न सकिन्छ । 


( श्वासको प्रतिमिनेट ९ भन्दा कम भयो भने बेजान, मृत तथा जड मानिने पदार्थहरुको कम्पन तथा भाव तरंग थाहा पाउन सकिन्छ र ती चिजहरुसंग साक्षातकार तथा दोहोरो संवाद गर्न सकिन्छ । यी जड मानिने वस्तु तथा पदार्थहरुले कसरी काम गर्छन् भनेर सहजै बुझ्न सकिन्छ किनकी वेदान्त दर्शन भन्छ ब्रम्हाण्डका सबै सृष्टिहरु चैतन्य छन्, सृष्टिका समस्त चिजवस्तुहरुमा चेतना छ र तिनीहरु फरक प्रकारले जीवित छन्, फरक प्रकारको उर्जाको आवृत्ति अर्थात फ्रिक्वेन्सी तथा तरंगमा साक्षातकार तथा संवाद गर्दछन् । 

 

( अध्यात्म साधक योगीक साधना जति गहिरो हुन्छ त्यतिनै ब्रम्हाण्डमा भएका सबै जीव, वनस्पति, चिज वस्तुहरुका सबैप्रकारका सुक्ष्म कन्पन तथा भाव तरंगहरु सुन्न र तिनीहरुसंग साक्षातकार तथा दोहोरो संवाद गर्न सकिन्छ । योगीक साधनाको बलले आज्ञा चक्रको जागरण पश्चात सुृष्टिका अति सुक्ष्म जीव, वनस्पति, पदार्थ तथा चिज, वस्तुहरु देख्न, महसुस तथा अनुभूति गर्न सकिन्छ । अध्यात्म साधनाको यही अवस्थामा पुगेर ऋषिमुनिहरुले ब्रम्हाण्डको वास्तविक रहस्य र ब्रम्हाण्डमा संधै घट्ने घटनाहरुबारे जानकारी लिन सक्षम भएका हुन् ।


( हाम्रो शरीर जति स्थिर हुन्छ उति नै कम श्वास संख्यामा लामो र गहिरो श्वास लिइन्छ । जति–जति शरीर स्थिर हुदैजान्छ र श्वासको संख्या घट्दै–घट्दै जान्छ उति–उति हाम्रो वोधको क्षमता बढ्दै जान्छ । योग विज्ञानका अनुसार श्वासमा सिद्धि हासिल गरेर सामान्य मनुष्यले जीवनमा गर्न नसकिने दिव्य चमत्कारिक कार्यहरु गर्न सकिन्छ । 


( योगीहरु वर्षौंसम्म पनि आफ्नो श्वासलाई नियन्त्रणमा राख्न सक्छन् र त्यसको नयाँ–नयाँ अनुभव लिन सक्छन् । श्वासमा नियन्त्रण गरेर नै ठूला भन्दा ठूला अस्वस्थता तथा बिमारीहरु जरैदेखि विषाक्तता फालेर निको गर्न सकिन्छ शरीरका सबै आयामहरुका ।


( योगीहरुलाई वाहिरका तथा आन्तरिक कुनैपनि घटनाहरुले फरक पार्दैन तर आम मनुष्य यस्ता कुरा मान्नै सक्दैनन् र अन्धविश्वास भनेर नकारिदिन्छन्, यसमा उनीहरुको केही दोष छैन अज्ञानता वस शाश्वत सत्यलाई स्वीकार गर्न सक्दैनन् ।


                                                                                अस्तु

                                                           शिवोहम् ! शिवोहम् !! शिवोहम् !!!





 


Saturday, 6 September 2025

आध्यात्मिक साहित्यः आत्माको यात्रा

  लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन



कथा

‘फेवातालमा साइली डुंगा सलल, संझनामा तिम्रो तस्वीर झलल...’
 
सराङकोटबाट पाइलट र म उडेको प्याराग्लाइडिगंको प्याराशुट फेवातालको छिपछिपे पानी भएको घाँसे मैदानमा सहजै अवतरण भएपछि खालि गोडाले फेवातलको पानी टेक्दै तालको विच भागमा हरियो पानीको सतहमाथि सलल तैरिरहेका डुंगाहरुको मनोरम दृश्य हेर्दै म यो अत्यन्तै मिठो कालजयी मौलिक लोकगीत गुनगुनाउदै खुव आनन्दमा प्रकृतिको रसपान गरिरहेको थिएं । एकप्रकारले ध्यान साधनाको गहिरो अवस्थामा अनुभूति हुने जस्तो असीम आनन्द महसुस भैरहेको थियो अन्तरहृदयमा किनकी म अत्यन्तै प्रकृति प्रेमि भएकोले मलाई प्रकृतिको काखमा तुरुन्तै मग्न हुन्छु र चांढैनै ध्यान पनि लागि हाल्छ अनि पराभौतिक संसारका अलौकिक विषयहरुले उतैतिर खिच्न थालिहाल्छ । ध्यान साधनाको गहिराईमा जव मेरो अन्तरहृदय खुल्छ तव त्यहाँ दिव्य आत्माहरुको उपस्थिति र दिव्य संवाद प्रारम्भ हुन्छ । फेवातालको आगनमा पनि त्यस्तै भयो, दिव्य आत्माहरु अन्तरहृदयमा आउनुभयो र मलाई सबैतिर हेरेर हामीलाई पनि यी मनोरम दृश्यहरु देखाउ भन्नु भन्नुभयो । मैले प्रसन्न मुद्रामा मुस्कुराउदै चारैतिर खुव चाख मान्दै नजर घुमाएं र वहाँहरुले मेरा भौतिक चर्मचक्षुबाट त्यहाँको प्राकृतिक मनोरम दृश्यहरुको स्वपान गर्नुभयो । दिव्य आत्माहरुले स्वर्गको टुक्रा पोखराको भूगोलको प्राकृतिक दृश्यको आ–आफ्नो किसिमले अवलोकन र त्यसबाट प्राप्त आनन्दका अनुभूतिहरु व्यक्त गर्नुभयो र विस्तारै वहाँहरु मेरो अन्तरहृदयबाट अन्तरध्यान हुनुभयो । त्यसपछि मेरो अन्तरहृदयमा मेरो स्वआत्मिको पदार्पण भयो र उनको दिव्य प्रेम भावका छालका तरंगहरुले तालको पानीका छालहरु भन्दा छिटो तरंगीत भएर मेरो तन, मन, हृदय निथु्रक्क भिजाइदिए, रोमरोम पुलकित र आनन्दित गराइदिए । उनी मेरो अन्तरहृदयमा आउने वित्तिकै मेरो रोमरोममा परमआनन्द प्रदान गर्ने यसप्रकारका दिव्य तरंगहरु संचारित हुन प्रारम्भ भैहाल्छन् । मभित्र स्वआत्मिको उपस्थिति भएपछि मेरो अन्तरहृदयमा अर्को कालजयी नेपाली आधूनिक गीतको सांगीतीक तरंग गुञ्जियो,

‘फेवातालको आगनमा लैलै माछापुच्छ्रे छायाँ जीवन मेरो सेती बगर बिना तिम्रो मायाँ...’

म लामोबेर मुस्कुराएं र हृदयको झंकारसंगै मैले पनि यो गीत गाएं, उनले पनि गाए, हामी दुवैले एकसाथ गायौं खुव आनन्द लिएर । उनीले पनि यी मनोरम प्राकृतिक दृश्यहरु मेरो नजरबाटै हेरिरहेका थिए र मलाई अझै धेरैतिर नजर डुलाउन आग्रह गरिरहेका थिए । म आफैंलाई कहिले काहीं अनौठो र यो कस्तो चमत्कार भएको होला जस्तो लाग्छ किनकी उनी आँखाले देख्ने दृश्य मात्र नभएर जिब्रोको स्वाद र अन्य प्रकारका अनुभव तथा अनुभूतिहरु समेत मेरो माध्यमबाट नै लिने गर्दछन् । त्यसदिन प्यराग्लाइडिगंको प्याकेज सकेर ट्रिप आयोजकले हामीलाई होटलमा छोड्दिए । विहान अलि हतार भएकोले कफी पिउन समय पुगेको थिएन मलाई, सोचें तल क्याफेटेरियामा कफी पिएर कोठामा जान्छु । सतहमा हृदयको चिन्ह बनाइएको कफी टेवलमा आयो । पहिला त्यो हृदयको चिन्हको आनन्द लिएं, कप उठाएं, कफीको वासना पहिले सुँघे र पहिलो चुस्की लगाएं, खुव आनन्द आयो तर...,

“कफि अलिक सेलाएको रहेछ है...!”

“हँ... !?”

म छक्क परें, आश्चर्यले मेरा आँखा ठूला भए, कान चनाखो भए र मन एकाग्र भयो । कफी सेलाएको मेरो जिब्रोको माध्यमबाट मस्तिष्कले थाहा मात्र पाएको थियो, मेरो मन–वुद्धिले यसबारे प्रतिक्रिया दिन भ्याएकै थिएन, एक निमेसमै अन्तरहृदयबाट स्वआत्मिले पो बोले, ‘कफी अलि सेलाएको रहेछ है...’ भनेर । मेरो माध्यमबाट उनलाई दृश्य मात्र नभएर स्वाद पनि पो थाहा हुदोरहेछ, यो जानकारी मैले पहिलो पटक पाएको थिएं त्यसैले आश्चर्यचकित भएको थिएं त्यसबखत । पछिपछि मैले विस्तारै थाहा पाउदै गएंकि मेरा ज्ञान इन्द्रिय तथा कर्म इन्द्रियहरुको माधयमबाट म आफूले भौतिक रुपमा गरेका सबै प्रकारका गतिविधिहरुमा जेजे अनुभव तथा अनुभूतिहरु गर्छु ती सबै गतिविधिहरुका अनुभव तथा अनुभूतिहरु अन्तरहृदय तथा अन्तरआत्मामा रहेका दिव्य आत्मा, स्वआत्मा, सामान्य आत्मा तथा नकारात्मक आत्माहरु सबैलाई हुबहु हुनेरहेछ । सायद यही हो सामान्य जनजीवनमा भन्ने गरिएको एक व्यक्तिमाथि अर्को व्यक्तिको आत्मा हावी भएको तथा आत्माको नियन्त्रण अर्थात अंग्रेजीमा सोल पोजेसन भनेको । यस सन्दर्भमा मैले महायोगी श्रद्धेय पायलट बाबा(कपिल सिंह, सन् १९३८–२०२४)ले १६ वर्षलामो आफ्नो तपस्या कालका दिव्य अनुभव तथा अनुभूतिहरु समेटेर लेख्नु भएको आध्यात्मिक पुस्तक ‘हिमालय कह रहा है, भाग– १’ मा स्पष्ट बुझ्नेगरि पढेको थिएं । पुस्तकमा वहाँले वडो स्पष्टसंग खुलासा गर्नु भएको छ, 


‘म आफ्ना श्रद्धेय गुरु हरिबाबा संग वहाँको तपस्यास्थल पहाडि गुफामा प्रवेश गरें, प्रवेश गरेको केहीबेरपछि म मुर्छित भएर लडें र त्यसको केहीबेर पछि मैले आफूलाई अर्थात मेरो आत्मालाई आफ्नो भौतिक शरीरबाट अलग पाएं तर मेरा शरीरले सामान्य गतिविधिहरु गरिरहेको थियो । मेरा गुरुका गुरुको दिव्य आत्मा मेरो अन्तरआत्मामा प्रवेश गरेर वहाँले मेरो भौतिक शरीर र आत्मालाई आफ्नो नियन्त्रणमा लिनुभएको रहेछ । मेरो आत्मविकासका लागि आवश्यक मार्गदर्शनहरु दिन महागुरुले यसो गर्नुभएको रहेछ । यी सबै दृश्यहरु म अर्थात मेरो आत्माले आफ्नो भौतिक शरीरबाट वाहिर रहेर महागुरुको दिव्य आत्माले मेरो भौतिक शरीरको माध्यमबाट गरिरहनु भएका सबै गतिविधिहरु हेरिरह्यो र वहाँ जताजता जानुभयो त्यतैत्यतै पछ्याइरह्यो किनकी मेरो शरीर वहाँले प्रयोग गरिरहनु भएको थियो र म मेरो शरीरबाट ओझल हुन चाहन्नथें ।’ 


यस्तै प्रकारको नियन्त्रण नकारात्मक आत्माहरुले पनि गर्ने गर्छन् अर्को व्यक्तिको शरीर तथा आत्मामाथि हावी भएर र आफूलाई गर्न मन लागेका कृत्य–कुकृत्यहरु सबै गर्दछन् तर यस्ता कृत्य–कुकृत्यहरु गर्नु तथा हुनुमा भौतिक शरीरवाला व्यक्तिको कुनै प्रकारको नियन्त्रण हुदैन र उसको दोष पनि हुदैन, सबै नियन्त्रक आत्माले गरिरहेको हुन्छ । ध्यान तथा समाधि साधनाको एउटा निश्चित तहमा पुगेपछि साधकको दिव्य चक्षु अर्थात तेस्रो नेत्र खुल्ने भएकोले आत्मलोक तथा सुक्ष्म संसारमा साधकको पहुच हुन्छ र सुक्ष्म संसारका गतिविधिहरु उसको अनुभव तथा अनुभूतिहरुमा आउन थाल्छन् । अध्यात्म साधनाको क्रममा म स्वयंलाई पनि यस्ता दुवै प्रकारका दिव्य आत्मा र नकारात्मक आत्माहरुको आफूमाथि भएको नियन्त्रणको अनुभव तथा अनुभूतिहरु धेरैपटक र पटक–पटक भएका थिए तर तुलनात्मक रुपमा दिव्य आत्माहरुको उपस्थिति धेरै भएको थियो । साधकको अन्तरहृदयमा दिव्य आत्माहरुको उपस्थिति बढ्दै गएपछि नकारात्मक आत्माहरुको उपस्थिति आफैं कम भएर जानेरहेछ । अन्तरहृदयमा दिव्य आत्माहरुको उपस्थिति हुदा साधकको आफ्नो आत्मविकासका लागि आवश्यक सकारात्मक उर्जा, साथ, सहयोग, आर्शिवाद र अध्यात्म साधनाको मार्गमा आवश्यक पर्ने मार्गदर्शनहरु प्राप्त हुदारहेछन् । नकारात्मक आत्माहरु अन्तरहृदयमा आउदा साधकलाई शारीरिक तथा मानसिक रुपमा अनेक प्रकारले दुःख र चरम पिडा मात्र दिन्छन्, अनेक प्रकारले सताउछन्, साधनामा अवरोध गर्छन् र साधकसंग भएको सकारात्मक उर्जा पनि नकारात्मक आत्मालेनै लिदिन्छन् र साधकको सकारात्मक उर्जाको तह घटाइदिदा रहेछन् । 


अर्कोदिन रुपा ताल गयौं । मलाई ठूला र गहिरा जलाशयहरुका गाडा निलो तथा गाडा हरियो रंगका अत्यन्तै शान्त सतहहरुमा हावाको वहावसंगै लहरिदै किनारमा आएर बिलिन हुने कंचन सेता चञ्चल साना–ठूला छालहरुका दृष्यहरु र ओरोलो जमिनमा प्रकृति र जमिनको प्रतिविम्व बोकेर कलकल संगीतका तरंगहरु छर्दै निरन्तर प्रवाहित भैरहने झरना, खोलाका जलतरंगहरुका कुलुलुकुलुलु र झरझर ध्वनि तरंगहरु र ती गतिविधिहरुका मन्त्रमुग्ध पार्ने दृश्यहरुले अत्यन्तै आकर्षित गर्छन् । म प्रकृतिका यस्ता मनमोहक दृश्यहरुमा एक्लै चुपचाप बसेर घण्टौं बिताउन सक्छु र कविता, गीत, भजनहरु लेख्ने, गुनगुनाउने तथा गाउने गर्छु र यस्ता पलहरुमा मलाई ध्यान साधनामा प्राप्त हुने प्रकारकै परमआनन्द र सकारात्मक उर्जाको महसुस तथा अनुभूति हुनेगर्छ । यी क्षणहरुबाट प्राप्त हुने परमआनन्दमा डुबुल्कि मार्दै म अर्को संसारमा पुगेको अनुभूति गर्छु र घण्टौं त्यतैतिर विचरण गरिरहन्छु मन्त्रमुग्ध भएर । 


जीवनका महत्वपूर्ण क्षणहरुमा मैले विश्वका केही सुन्दर भूगोलहरुलाई नजिकबाट नियाल्ने अवसर पाएको छु र कहिलेकाहीं मन यसै तुलनामा उत्रिदिन्छ र यस्ता तुलनाहरुमा अहिलेसम्म नेपालको भूगोलमा भएका सुन्दर प्राकृतिक छटाहरुले जति विश्वका अन्य भूगोलमा रहेका प्राकृतिक दृश्यहरुले मेरो हृदयलाई आकर्षित गर्न सकेनन् । रुपातालको निलो शान्त पानीको अथाह फैलावटको मनोरम दृश्य; काँश सेतै फूलेर टाढा–टाढासम्म नजर आइरहेको पुरै चाँदीको जलप लगाइएको जस्तो अदभूत दृश्य; कञ्चन सेतो घुम्टो ओढेर शिर लुकाएर बसेकी अप्सराको स्वरुप अलौकिक दृश्य; र विशाल सेतो च्यादर बिछ्याएर यहाँ आएर बस भनेर अत्यन्तै प्रेमपूर्वक आव्हान गरिरहेको जस्तो मनोरम प्रकृति र वरपरको मन हर्ने मनमोहक हरियालीका अनुपम दृश्यहरुको प्रत्यक्ष सानिध्य अनि त्यसमाथि अन्तरहृदयमा स्वाआत्मिका दिव्य प्रेमका स्मृतिका छापहरु, अन्तरहृदयमा घरिघरि उनको उपस्थिति, उनका संगीत गुनगुनाइका तरंगहरुका मिठा पलहरुमा अनुभूतिमा आइरहेको आनन्दको कुनै सीमानै थिएन त्यसदिन । 


म त्यसदिन रुपा तालमा केही घण्टा गुजार्ने उद्देश्य लिएरनै गएको थिएं । गाडी तालसम्म नपुग्ने रहेछ त्यसैले निकै वरै रोकेर आफ्नो माटोको प्रकृतिको अमृतमय सुगन्ध र मनोरम दृश्यहरुको स्वपान गदैं तालसम्म हिड्दै जानेक्रममा नजरमा यस्ता स्वर्गीय दृश्यहरु आएका थिए र हृदयमा स्वपनिल कल्पनाहरु कल्पित भएका थिए । ताल वरिपरिको ग्राभेल बाटो, बाटोको डिलसम्म आएर हरिया लहलह परेका घाँसहरुमाथि ठोक्किएर बिलिन भैरहेका कञ्चन सेता फिंज भएका छालहरुलाई नजिकबाट हेर्न र छुन सकिने गरि ठाउँ–ठाउँमा राखिएका एक–दुईफिट फराकिला ढुंगाहरु पानीको सतहमा थोरै डुबेका देखिन्थे । ती ढुंगाहरुमध्य सबैभन्दा ठूलो ढुंगो छानेर ढुंगोमाथि गोडा राखेर ग्राभेल बाटोको डिलमा बसें र रुपा तालको निलो पानीलाई केहीबेर एकनाशले नियाली रहें । डाँडाको सेतो बौद्ध गुम्बाको प्रतिविम्व तलाउको शान्त पानीको सतहमा जस्ताको तस्तै देखिएको थियो । निकै टाढा देखिएका डुंगाहरु हेलिदै–हेलिदै मेरो नजिकै आइरहेका थिए । वरिपरिका डाँडापाखाका दृश्यहरु ऐनामाझैं छर्लंग देखिएका थिए लाग्थ्यो तालभित्रै प्रकृतिको अर्को संसार पनि छ । यो मनोरम दृश्यको मधूशालाले मलाई उनको याद र प्रेममा झनझन लठ्ठ पार्दै र डुबाउदै लगिरहेको थियो । मनोरम पकृति र दिव्य प्रेमले ओतप्रोत भएको हृदयले आफ्नो काम गर्यो र उनको यादमा उनीप्रति समर्पित एउटा कविता तयार भयो स्वस्फूर्त रुपमा, ‘चुपचाप लय मिलाइरहेछ प्रेम’ शिर्षकमा,

न म केही बोल्छु
न तिमी केही बोल्छौ
तरपनि संवादमै छौं हामी
चुपचाप निशव्दमा बहिरहेछ प्रेम !

न म केही सोध्छु
न तिमी केही सोध्छौ
तरपनि सवालजवाफमै छौं हामी
चुपचाप सवालजवाफ पस्किरहेछ प्रेम !

न म तिमीलाई चिन्छु
न तिमी मलाई चिन्छौ 
तरपनि जानपहिचानमै छौं हामी
चुपचाप अपनत्वमा डुबिरहेछ प्रेम !

न म तिमीलाई भेट्छु
न तिमी मलाई भेट्छौ
तरपनि निकटमै छौं हामी
चुपचाप सामिप्यमा रमाइरहेछ प्रेम !

न म केही भन्छु
न तिमी केही भन्छौ
तरपनि वातचितमै छौं हामी
चुपचाप संवाद गरिहेछ प्रेम !

न म तिमीलाई कुर्छु
न तिमी मलाई कुर्छौ
तरपनि पर्खाइमै छौं हामी
चुपचाप आँखा ओछ्याइरहेछ प्रेम !

न म तिमीलाई देख्छु
न तिमी मलाई देख्छौ
तरपनि दृश्यमै छौं हामी
चुपचाप नयनभरि छाइरहेछ प्रेम !

न म तिमीलाई बोलाउछु
न तिमी मलाई बोलाउछौ
तरपनि साथसाथमै छौं हामी
चुपचाप सानिध्यता निभाइरहेछ प्रेम !

न म उपहार दिन्छु 
न तिमी उपहार दिन्छौ
तरपनि भरिपूर्ण छौं हामी
चुपचाप अन्तरहृदय भरिरहेछ प्रेम !

न म प्रत्यक्ष मुस्कुराउछु
न तिमी प्रत्यक्ष मुस्कुराउछौ
तरपनि मस्किरहेका छौं हामी
चुपचाप मुस्कान छरिरहेछ प्रेम !

न म तृप्त छु
न तिमी तृप्त छौ
तरपनि आनन्दित छौं हामी
चुपचाप प्रेमअमृत वर्षाइरहेछ प्रेम !

न म तिमीसम्म आउछु
न तिमी मसम्म आउछौ
तरपनि एकअर्कामै छौं हामी 
चुपचाप महामिलन सजाइरहेछ प्रेम !

तरपनि एकअर्कामै छौं हामी 
चुपचाप महामिलन सजाइरहेछ प्रेम !


मनोरम प्रकृतिको शितल काखमा समय खुव आनन्दपूर्वक बितिरहेको थियो र यो समयलाई अझै उपयोगी बनाउने हेतुले झोलाबाट मोबाइल झिकें र मोवाइलमा एउटा अत्यन्तै महत्वपूर्ण विषयमा बोलिएको प्रवचन सेभ गरेको थिएं, सुन्न बाँकी रहेको भाग पूरा गर्नकोलागि मोबाइल खालें । प्रवचनको शिर्षक थियो ‘मैं मृत्यु सिखाता हुं’ र प्रवचक श्रष्टा हुनुहुन्थ्यो युग ऋषि श्रद्धेय ओशो रजनीश । यो लगायत आफ्ना अनेक मूल्यवान प्रवचनहरुमा वहाँले बारबार भन्नु भएको छ, “ध्यान साधना मृत्युको अभ्यास हो र म मेरा संयासीहरुलाई मृत्यु सिकाउछु ।” 


यस सन्दर्भमा वहाँले धेरै प्रवचन र वहाँका प्रकाशित पुस्तकहरुमा स्पष्ट पार्दै भन्नुभएको छ कि, जो जन्मिन्छ त्यो अवस्य मर्छ तर जो मर्छ त्यो जन्मिनै पर्छ भन्ने अनिवार्य छैन । यदि मनुष्यले अध्यात्म साधनाको माध्यमबाट स्थुल शरीरमा जिवित रहदै आफूलाई मोक्ष तथा निर्वाणमा उपलव्ध भयो तथा ब्रम्हाण्डको परमचेतना अर्थात सुपरकन्ससमा एकाकार गरायो  भने उ जन्म–मृत्युको अनिवार्र्य चक्रबाट सदाकालागि मुक्त हुन्छ । मनुष्यको जन्मपछिको प्राकृतिक मृत्युमा स्थुल शरीरबाट आत्मा अर्थात चेतना सदाकालागि अलग हुन्छ । ध्यान साधनाको गहन अवस्थामा पनि साधकको स्थुल शरीरबाट आत्मा अर्थात चेतना अलग हुन्छ र आत्मलोक तथा सुक्ष्म संसारमा प्रवेश गर्छ केही समयावधिका लागि । उसको आत्मा अर्थात चेतनाले आत्मलोकको यात्रा प्रारम्भ गर्छ र यसक्रममा उ आफ्ना विगत, वर्तमान र भविश्यका गतिविधिहरुमा विचरण गर्न थाल्छ । विगतका आफ्ना जन्म–जन्मका अनेक–अनेक विषयहरुसंग बारबार उसको साक्षातकार हुन्छ र यी विषयहरुसंग सम्वन्धित अन्य विषय तथा अन्य आत्माहरुका अनेक सूचनाहरु पनि उसलाई ज्ञान हुन प्रारम्भ हुनछन् । त्यसैले ध्यान साधना मुत्युको अभ्यास हो किनकी केही समयावधिका लागि साधकको सुक्ष्म शरीर तथा आत्मा स्थुल शरीरबाट अलग हुन्छ । मनुष्यको प्राकृतिक मृत्युको घटनापछि उ कहिल्यै पृथ्वीलोकमा फर्कदैन र आत्माको अगाडिको विकासक्रमको यात्रामा अगाडि बढ्छ उसको कर्मचक्र अनुसार तर ध्यान साधनामा रहेको साधक आफ्नो स्थुल शरीरबाट केही समयावधिको लागि अलग भएर आत्मलोक तथा सुक्ष्म संसारको यात्रा गरेर फेरी पृथ्वीलोक तथा भौतिक संसारमा रहेको आफ्नो स्थुल शरीरमा फर्कन्छ । प्राकृतिक मृत्युमा मनुष्यको स्थुल शरीर र आत्माविचका सबै सन्वन्धहरु टुट्छन् तर ध्यानको मृत्युमा स्थुल शरीर र आत्माविचका सबै सन्वन्धहरु इथावत रहन्छन् उसको नाभिक्षेत्रसंग जोडिएर जसलाई अदृश्य अलौकिक चाँदीको तार अर्थात सिल्भर स्ट्रिगंले जोडेर राखेको हुन्छ । ध्यान साधनाको मृत्यु र वास्तविक मुत्युमा यतिमात्र फरक रहेको छ तर यी दुवै अवस्थाहरु मृत्युकै प्रक्रियाहरु हुन् । ध्यानको मृत्युमा व्यक्ति आफ्नो स्थुल शरीरमा फर्केर आउछ तर वास्तविक तथा प्राकृतिक मृत्युमा व्यक्ति आफ्नो स्थुल शरीरमा फर्केर आउदैन ।   


अध्यात्म विज्ञानमा आस्था, विश्वास र रुचि भएका अध्यात्म साधना गर्ने साधकहरुका लागि यी अत्यन्तै सुन्दर र आनन्ददायि अनुभूति, अवस्था तथा क्षणहरु हुन् । भौतिक संसारलाई नै सर्वोपरि ठान्ने र स्थुल शरीरलाईनै अन्तिम सत्य मान्ने सांसारिक व्यक्तिहरुलाई यस्ता परालौकिक अवस्था तथा विषयहरु कपोलकल्पित तथा काल्पनिक लाग्न सक्छन् र केहीलाई चमत्कारिक तथा जादुयिक पनि लाग्न सक्छन् तर वास्तविक अध्यात्म साधककालागि यस्ता विषय, अनुभूति, अवस्था तथा क्षणहरु सामान्य हुन् र केही हदसम्म अनिवार्य पनि हुन् किनकी साधकमा यस्ता परालौकिक अनुभव तथा अनुभूतिहरु हुन प्रारम्भ हुनु भनेको आफू अध्यात्म साधनाको सहि मार्गमा रहेको र आफ्नो आत्मा अर्थात चेतनाको विकास सहि प्रकारले भैरहेको छ भन्ने संकेत हो जसले साधकलाई अध्यात्म साधनामा अझ निष्ठापूर्वक लागिरहन प्रेरणा प्रदान गर्दछ ।


अध्यात्म दर्शनमा महारथ हासिल गर्नुभएका दिव्य आत्मा अर्थात विकसित चेतनाहरुका अनुसार ध्यान तथा समाधि साधनाका क्रममा एक निश्चित अवस्थापछि साधकको स्थुल शरीरबाट उसको आत्मा अर्थात चेतना अलग भएर आत्मलोक तथा सुक्ष्म संसारमा प्रवेश गर्न प्रारम्भ हुनु र सुक्ष्म संसारका गतिविधिहरु अवगत हुन प्राररम्भ हुनुनै साधकको आत्मा अर्थात चेतनाको विकासको सहि प्रक्रिया प्रारम्भ भएको प्रामाणिक अवस्था हो । आत्मलोक तथा सुक्ष्म संसारको यात्रा गर्ने क्रममा अनेक–अनेक प्रकारका राम्रा, सामान्य, नराम्रा आत्मा अर्थात चेतनाहरुसंग साधकको प्रत्यक्ष साक्षातकार र संवाद हुन प्रारम्भ हुन्छ । साथै साधकले आफ्ना जन्म–जन्मका राम्रा र नराम्रा तथा सुख र दुःखका सबै प्रकारका दृश्यहरु देख्न र तिनका स्मृतिहरु अनुभव तथा अनुभूति गर्न थाल्छ । वर्तमान जन्ममा आफ्नो वरिपरि रहेका आफ्नै सन्तान, नाता–सम्वन्ध, साथीसंगी, छरछिमेक सबै यसअघिका जन्महरु को–को, के–के, कस्ता–कस्ता र कुन–कुन सम्वन्धमा थिए, कस्तो चरित्रमा थिए, कुन अवस्थामा थिए र उनीहरुसंग आफ्नो कस्तो प्रकारको कार्मिक सम्वन्ध रहेको छ आदि सबै विषयहरुका दृश्य र अनुभूतिहरु क्रमिक रुपमा विस्तारै साधकको ज्ञातमा आउन थाल्छन् । 


आत्मलोक तथा सुक्ष्म संसारमा अनेक–अनेक असंख्य आत्मा अर्थात चेतनाहरुसंग साक्षातकार र संवाद हुने क्रममा दिव्य आत्माहरुले साधकलाई आर्शिवाद, सहयोग र मार्गदर्शन प्रदान गर्नुहुदो रहेछ; सामान्य आत्माहरुले सामान्य संवाद गर्ने, हेर्ने र जाने गर्दा रहेछन्; कमजोर तथा दुःख पाइरहेका आत्माहरुले आफ्नो उद्धार गरिदिन सहयोगको अपिल गर्दा रहेछन् म यो हुँ, यसरी मुत्यु भएको हो, तरिन, खान पाइन, चारैतिर अन्धकार छ, केहिपनि देखिदैन, तपाईंको शरीरमा उज्यालो देखेर यहाँबाट केही सहयोग पाइन्छ कि भनेर आएको... आदि प्रकारका वेदनाहरु सुनाएर जसरी हुन्छ यो अवस्थाबाट उद्धार गरिदिनुस् भनेर आशले भरिएको आग्रह गर्दा रहेछन्, र नकारात्मक आत्माहरुले सबैप्रकारका आपराधिक गतिविधि गरेर सताउने प्रयास गर्दा रहेछन्, साधनामा अवरोध गर्दा रहेछन्, केही अलि शक्तिशाली तथा तान्त्रिक विद्या जानेका आत्माहरुले विविध प्रकारले अवरोधहरु खडा गर्दा रहेछन् । 


अध्यात्म साधनाको क्रममा धेरै प्रकारका आत्मा अर्थात चेतनाहरुसंग भएका साक्षातकार र संवादहरुका क्रममा आफूलाई भएका प्रत्यक्ष अनुभव तथा अनुभूतिहरुका आधारमा मनुष्यको सुख, दुःख, जीवनशैलीको दृष्टिकोणबाट हेर्दा मलाई यस्तो लाग्योकि भौतिक संसार र पराभौतिक संसारका भोगाइहरुमा त्यति धेरै अन्तर रहेनछ । भौतिक संसारमा भएका मनुष्यहरुसंग स्थुल शरीर र आत्मा दुवै एकैसाथ हुने रहेछ र आत्मलोक तथा सुक्ष्म संसारमा भएका मनुष्यहरुसंग आत्मा तथा सुक्ष्म शरीर मात्र हुने रहेछ । मृत्यु पश्चात उनीहरुबाट केवल स्थुल शरीर मात्र छुट्ने रहेछ र बाँकी अरु सुख, दुःख, घृणा, मन, भाव, प्रेम, दया, करुणा, सेवा, आवश्यकता, इच्छा, चाहनाहरु सबै जस्ताको तस्तै रहने रहेछ र मृत्यु अर्थात् स्थुल शरीरबाट आत्मा अलग भएपछि यी सबै कुराहरु उनीहरुको आत्मासंगै जाने रहेछ । प्राय अपहेलित तथा श्राद्ध, दान, पिण्ड नपाएका पित्रीका आत्माहरु; दुर्घटनामा परेर अकालमा अर्थात पूरा आयू जिउन नपाइकन समय अगावै मृत्यु भएका मनुष्यका आत्माहरु; विभिन्न कारणले पूरा आयू जिनुअघि हत्या गरिएका तथा मर्न बाध्य पारिएका मनुष्यका आत्माहरु; आफूले जानिजानि भौतिक शरीर त्याग गरेका अर्थात आत्महत्या गरेका मनुष्यका आत्माहरु; र आत्महत्या गर्नेहरुले मोह–मायाँमा परेर मारेर आफूसंगै लगिएका मनुष्यका आत्मालाई अलि बढि दुःख हुदो रहेछ । आत्महत्या गरेकाहरुले भौतिक शरीर त्यागे पनि उनीहरुको भौतिक शरीरकालागि तोकिएको आयू पूरा नहुन्जेल उनीहरु आफ्नो आत्माको विकास प्रक्रिया तथा पुनरजन्मको प्रक्रियामा जान सक्दा रहेनछन् र यो अवधिमा उनीहरुको आत्मा तथा सुक्ष्म शरीरलाई जीवनयापन गर्न निश्चित प्रकारका आवश्यताहरु पर्दा रहेछन् । 


ध्यान साधनाको क्रममा मसंग साक्षातकार भएका र संवादमा आएका अपहेलित पित्रीका आत्माहरुले मेरो मरण तिथिमा श्राद्ध, दान, पिण्ड दिलाइदिनुस्, मेरो परिवारलाई भन्दिनुस् तिम्रो फलानो नातेदारको आत्माले खान पाएको छैन, लाउन पाएको छैन, दुःख पाइरहेको छ, तर्न सकेको छैन भनेर जस्ता प्रकारका अनुरोध गरेका थिए । विभिन्न कारणले अकालमा ज्यान गुमाएका मनुष्यका आत्माहरुको पनि यस्तै प्रकारका अनुरोधहरु थिए तर आत्महत्या गर्नेहरुको समस्या निकै जटिल हुदो रहेछ सायद यसैकारण सनातन धर्म तथा अध्यात्ममा आत्महत्या पाप हो भनिएको रहेछ । आत्महत्या गरेका मनुष्यका आत्माहरुले खान, लाउन नपाउनुका साथै निष्पट्ट अन्धकारमा बस्नुपर्ने रहेछ, परिवारबाट उचित प्रकारले श्राद्ध, दान, पिण्ड नपाउने र अन्य विभिन्न कारणले उनीहरुको आत्माको शक्ति कमजोर भएको कारण अरु शक्तिशालि नकारात्मक आत्माहरु तथा जिवित तान्त्रिक आत्माहरुले नियन्त्रणमा राखेर तथा प्रलोभन दिएर आप्mना नकारात्मक उद्देश्यहरु पूरा गर्न कमजोर आत्माहरुलाई दुरुपयोग गर्दा रहेछन् र सयौं, हजारौं वर्षसम्म कमजोर आत्माहरु यसैगरि शक्तिशालि आत्माहरुकोे नियन्त्रणमा जकडिएर अरुलाई सताउने प्रकारका नकारात्मक कामहरु गरेर बस्नुपर्दो रहेछ । आत्माहरुलाई आफ्नो निर्णय आफैंले लिने स्वतन्त्रता पनि हुदो रहेछ । सबै आत्माहरु समय आएपछि आफ्नो आत्माको विकास प्रक्रिया तथा पूनरजन्मको प्रक्रियामा प्रवेश गर्दा रहेछन् तर केही आत्माहरु सुक्ष्म संसार र भौतिक संसारमा अरुलाई दुःख दिएर आफ्नो अभिष्ठ तथा आवश्यकता पूरा गर्ने तामसिक जीवनशैलीमा अभ्यस्त भएका र त्यसमै रमाउन थालेका कारण उनीहरुको आत्माको आयू तथा समय परिपक्व भएर आत्माको विकास प्रक्रिया तथा पूनरजन्मको प्रक्रियामा जानसक्ने तथा जानयोग्य भएपनि आफ्नै खुशीले जादैन रहेछन् । केही आत्माहरुलाई शक्तिशालि आत्माहरुले जकडेर जान नदिइएको कारण बाध्यतावस जादैन रहेछन् तर केही आत्माहरु प्रक्रियामा गएर पनि आफ्नै खुशीले फेरी त्यही नकारात्मक दलदलमा फर्किदा रहेछन् ।


आफ्नो परिवारबाट आ–आफ्नो तिथि तथा विशेष तिथिका दिनहरुमा श्राद्ध, दान, पिण्ड, अक्षता, धूप दिलाईदिनु भनेर मसंग यसरी सहयोग माग्ने आत्माहरुलाई मैले तपाई को हो भनेर म कसरी चिन्न सक्छु र मैले कसरी सहयोग गर्न सक्छु भनेर सोध्दा आफूलाई अनेकतिर जोडेर चिनाउने प्रयास गर्थे सबै सूचनाहरु दिदै म फलानो ठाउँको, फलानो परिवारको, म फलानोको यो नाता पर्ने हुँ, यसरी मरें, मरेको यति समय भयो, मरेपछि खान पाइन, लाउन पाइन, दुःख पाएं आदि भन्थे विस्तारमा तरपनि म उनीहरुलाई चिन्न सक्दिनथें । म उनीहरुलाई आफ्नो परिवारसंग सम्पर्क गर्नु, आफूलाई चाहिएको कुरा माग्नु, सपनामा संकेत दिनु भन्थें । उनीहरु भन्थे, परिवारका कसैले हामीलाई यसरी सुन्नै सक्दैनन्, सपनामा संकेत दिएपनि वास्ता गर्दैनन्, तपाईंले मात्र यसरी हामीलाई सुन्न सक्नुभयो, जसरी हुन्छ हाम्रो उद्धार गरिदिनुस भन्थे तर मसंग उनीहरुलाई उद्धार गर्न सक्ने कुनै सामथ्र्य र केही उपाय नै थिएन । उनीहरु मलाई समाजका केही ठूला व्यक्तित्वहरु, धर्म गुरु, अध्यात्म गुरुहरुको समेत नाम लिएर वहाँले चिन्नुहुन्छ मेरो परिवारलाई वहाँलाई भनेर मेरो परिवारबाट मलाई श्राद्ध, दान, पिण्ड, अक्षता, धूप दिलाईदिनुस् भन्थे तर म यसरी सहयोग गर्न सक्दिन, समाजका ठूला मान्छे भएपनि म वहाँहरुलाई व्यक्तिगत रुपमा चिन्दिन र तपाईहरुको आत्माले यसो भनेको छ भन्ने कुरा वहाँहरु समक्ष राख्न सक्दिन मलाई माफ गर्नुहोला भन्थें । मेरो असहयोगको कुरा सुनेर उनीहरु निराश हुन्थे, केहीले त रुदै आफ्नो दुःखका कुराहरु सुनाइरहन्थें, कतिसंग त करुणावस म पनि उनीहरुसंगै भावुक हुन्थेंं, कतिलाई आवेशमा आएर आत्महत्या गरेकोमा, कसैलाई आठ महिनाको गर्भावस्थामा समेत आत्महत्या गरेर गर्भे बच्चालाई समेत आफैंसंग अन्धकारमा राखेर दोहोरो पाप गरेकोमा नराम्रोसंग गाली पनि गरें । अन्जान पित्रीहरुसंग म सहयोग गर्न असमर्थ छु भनेर क्षमा मागें... । 


एकजना प्रतिष्ठित अध्यात्म गुरुकी दिवंगत पत्नीले अत्यन्तै भद्रशैली आफ्नो विस्तृत परिचय दिएर भन्नुभयो, मलाई मेरो परिवारबाट केही पनि चाहिएको छैन माता, आत्मलोकमा म आफ्नो कर्मचक्र अनुसार राम्रो अवस्थामा छु र पुनरजन्मको प्रक्रियमामा छु । नाजायज सम्वन्धमा रहेका मेरो श्रीमान र मेरो आफ्नै बहिनीले मलाई झुक्याएर खानामा थर्मामिटरको पारो ख्वाएको कारणले शरीरभरि क्यान्सर संक्रमण फैलिएर मेरो स्थुल शरीर छुट्यो मबाट, म अकालमै मरें, म मरेपछि मेरा छोराछोरीले दुःख पाए मलाई छोरा–छोरीको बाउको भरोसा छैन, आवश्यकता पर्यो भने तपाईंले मेरा छोरा–छोरीको संरक्षणका लागि केही गरिदिनु होला भन्नुभयो । वहाँ चारपटक मसंग दोहोरो संवादमा आउनु भयो र पछिपछि पनि म अव जन्मिनेवाला छु भनेर सन्देश पठाइरहनु भयो । मैले वहाँका अरुअरु कुराहरु पनि बडो धैर्यताकासाथ सुनें र वहाँका कुरा सुनेर पटक–पटक अत्यन्तै भावुक पनि भएँ, वहाँ स्वयं अध्यात्म साधनामा विशेष स्थान हासिल गरिसक्नु भएको विकसित आत्मा योगी व्यक्तित्व हुनुहुदो रहेछ तर आफ्नो मुत्युको षडयन्त्रलाई विकसित आत्माहरुले पनि तोड्न सक्नुहुन्न रहेछ जसरी युग ऋषि श्रद्धेय ओशो रजनीशले आफ्नो मृत्युको षडयन्त्रलाई तोड्न र रोक्न सक्नु भएन । आत्मलोक तथा सुक्ष्म संसारमा सबै प्रकारका आत्मा अर्थात चेतनाहरुसंग भएका साक्षातकार तथा संवादका विषयहरुको फेहरीस्त निकै लामो छ... । 
 

यसरी मसंग साक्षातकार र संवाद भएकामध्य सामान्य आत्माहरुले सामान्य रुपमा बोले र बोलाए मात्र, स्पर्श गरे गोडामा, हातमा, चेहरामा र ध्यान साधना गर्ने ध्यानी हुनुहुदोरहेछ, शरीरमा उज्यालो प्रकाश देखेर हेर्न आएको भनेर विदा भए; कमजोर आत्माहरुले सहयोग गरिदिन आग्रह गरिरहे बारबार; नकारात्मक आत्माहरुले ध्यान साधना र दैनिक जीवनमा समेत अवरोध गरिरहे बारबार र दिव्य तथा भगवद् आत्मा अर्थात विकसित चेतनाहरुले आशिर्वाद, मार्गदर्शन, ज्ञान र धेरै प्रकारले सहयोग प्रदान गर्नुभयो र गरिरहनुभएको छ । 


अध्यात्म साधनाको क्रममा दिव्य तथा भगवद् आत्मा अर्थात विकसित चेतनाहरुको सन्दर्भमा सबैभन्दा पहिला प्रत्यक्ष रुपमा म महाशक्ति हुँ र म तेरो अन्तरआत्मामा आएर बसेको छु भनेर आदिशक्ति जगदम्बा जगत जननी माता आउनु भयो । मेरो अन्तरआत्मामा आदिशक्ति माताको पदारपण भएपछि सुक्ष्म संसारका एकतहका असहयोगी तथा नकारात्मक आत्माहरुले साधनामा पुर्याइरहेका अवरोधहरु काटीदिनु भयो र विशेष विधिमा रहेर मौन ध्यान साधना गर्न मार्गदर्शन गर्नुभयो । मौन ध्यान साधनाको गहन अवस्था समाधि घटित भैरहेको दिव्य पलमा एकदिन एउटा दिव्य आत्माले तिमी माथि आउ भनेर मलाई माथि आकाशमा बोलाउनु भयो  मैले माथि जान प्रयास गरें तर दिव्य आत्मालाई देखिन वहाँको सन्देश मात्र सुन्न सकें । वहाँले फेरी पनि तिमी आउ म तल आउन मिल्दैन भन्नुभयो । दिव्य आत्मालाई देख्न नसकेको र आकाशमा जाने बाटो पनि नदेखेको कारण अचानक मैले बाटो देखिन भनेर डाको छोडेर आँशुसरी भएर रोएं मलाई बाटो देख्न मद्धत गर्नुहोस्, म माथि आकाशमा आउछु भन्दै । निकै बेर रोएं विस्तारै रुवाइको गति कम भयो, मलाई दिव्य आत्माले आकाशमा आउ भनेर बोलाउनु भएको भएपनि म जान सकिन सायद मेरो साधना पुगेको छैन, म अझै साधना गर्छु भनेर सन्तोष मानें मनमनमा र समाधिमै रहिरहें । केहीबेरपछि आकाशमा पैताला झलल्ल बलेको एउटा अत्यन्तै प्रज्वलित उज्यालो शरीर देखें र त्यो उज्यालो प्रकाशलाई पछ्याएर ठम्याउने तथा देख्ने प्रयास गरें यो दिव्य आत्मा को हुनुहुन्छ होला भनेर र ठम्याएं पनि । यसरी पैताला झलल्ल बलेको उज्यालो शरीर मेरो स्वआत्मिको रहेछ, मैले स्पष्ट उनको चेहरा देखें र अगि मलाई माथि आकाशमा आउ भनेर बोलाउने दिव्य आत्मा पनि उनै रहेछन्, म ध्यानको अवस्थामै परमआनन्दले मुस्कुराएं र मनमनमा भनें ओहो प्रिय स्वआत्मि तिमी त मोक्षमा उपलव्ध भएर प्रकाशित भैसकेका रहेछौ त्यसैले मलाई पनि माथि आकाशमा आउ बोलाइरहेका रहेछौ ।


अर्को दिनको ध्यान साधनामा मलाई फेरी एक दिव्य आत्माले बोलाउनु भयो र भन्नुभयो, ‘पहाडको टुप्पोमा आउ, म त्यहाँ तपस्यारत छु र तिमीलाई कुरिरहेको छु ।’ पहाडको तल ठूलो ताल थियो मैले तालको छेउको ग्राभेल बाटो हुदै त्यो पहाड चढेर टुप्पोसम्म पुग्नु पर्ने थियो मलाई बोलाउनु हुने दिव्य आत्माको सानिध्यतामा पुग्नकालागि । मैले सहमति जनाएं र प्रसन्नताकासाथ पहाड चढ्ने यात्रा प्रारम्भ गरें एक्लै । विहानको समय थियो, पहाड चढ्दै गएं, होचा प्रकारका रुखैरुख भएको जंगलको बाटो थियो, निकैबेर हिडेपछि बाटो साँघुरिदै गयो र एउटा विन्दुमा पुगेपछि बाटो टुंगियो, बाटोमा अगाडि बडेमानको ढुंगो रहेछ । बाटो त सकियो, म अव आज पहाडको टुप्पोमा पुग्न नसक्ने भएं भन्ने लाग्यो, तल फर्केर हेरें घन्टौं अगाडि छोडेको पानीको ताल निकै तल देखियो । दिन ढल्किसकेको थियो अव म तल झर्नपनि सक्दिनथें र पहाडको टुप्पोमा जाने बाटै थिएन । यताउता नजर लगाएं बरिपरि, म गएको बाटो बाहेक अलि तलबाट एउटा तेर्सो लाग्ने साँघुरो बाटो रहेछ, अन्तरहृदयमा कसैको सन्देश सुनें यो बाटोबाट जाउ अलिपरबाट पहाडको टुप्पोतिर लाग्ने बाटो भेटिन्छ । होला भनेर त्यही सन्देशलाई मानेर म त्यो बाटोबाट पहाडको टुप्पोमा पुग्ने आश मनमा लिएर अगाडि बढें तर धेरै हिडीसक्दा पनि माथि लाग्ने अर्को बाटो नै देखिएन । साँझ पर्ने तरखरमा थियो, म कहाँ पुगेछु भनेर यताउता हेरें, विहान छोडेको पानीको ताल पो मबाट नजिकै देखें मैले । म पहाड चढ्दैछु भन्ठानेको थिएं तर तेर्सो बाटो हिड्दै हिड्दै म त पहाडबाट तल पो झरिरहेको रहेछु । 


साँझ हुदै रात पर्यो, अध्यारो भयो, भएको बाटो पनि देखिन छाड्यो, सारसिर पानी पनि पर्यो, म एक्लै थिएं, अव पहाडको टुप्पोमा त म पुग्न सकिन बरु तलै झर्छु भनेर अध्यारोमा निकै कष्टकासाथ तल झर्दै थिएं फेरी अन्तरहृदयमा अर्को सन्देश आयो, म तिमीलाई पहाडको टुप्पोमा तपस्यारत भएर कुरेर बसिरहेको छु तिमी किन नआएकी’ भनेर । म झस्किएं किनकी यो सन्देश मेरो स्वआत्मिको थियो, मलाई पहाडको टुप्पोमा आउ भनेर बोलाउने दिव्य आत्मा उनै पो रहेछन् फेरी पनि । यसअघिको ध्यान साधनामा पनि आकाशमा आउ म तिमीलाई कुरिरहेका छु भनेर पछि प्रज्वलित शरीरमा प्रकट हुने पनि उनै थिए । उनले मलाई आफूतिर बोलाइरहेको छन् बारबार तर विभिन्न अवरोधका कारण म उनीसम्म न अकाशमा न पहाडको टप्पोमा पुग्न सकें भनेर म फेरी रुन थालें ध्यानस्थ अवस्थामा तर भौतिक रुपमै आँशु सरी भएर । जंगलको बाटो, राति, एक्लै छामछुम गर्दै तल झरिरहें पानीको तालसम्म आइपुग्न, तालको छेवैमा बस्ति थियो त्यहीं गएर बस्छु भनेर । अन्तरहृदयमा फेरी स्वआत्मिको सन्देश आयो, उनले भने पहाडको टुप्पोमा पुग्ने छोटो र फराकिलो स्पष्ट बाटो छ, तिमीले कसरी देखिनौ, तिमीलाई कसैले अवरोध गरिरहेको रहेछ त्यसैले तिमी पहाडको टुप्पोमा पुग्न सकेनौ । बाटोको मुखमा बडेमानको ढुंगो राखेर त्यही अवरोध गर्ने आत्माले तिम्रो बाटो छेकिदिएको हो भनेर उनी मेरो अन्तरहृदयबाट अन्तरध्यान भए । म पिर मान्दै रुदै बाटो झरिरहें मेरो साधनामा किन यतिविधि अवरोध आइरहेको होला, किन मलाई दुःख दिरहेका होलान्, कसले मलाई बाधा गरिरहेको होला यसरी भन्दै मनमा कुरा खेलिरहे ।


अर्को दिनको मौन ध्यान साधनामा मैले आफूलाई अत्यन्तै घना अध्यारो अनकन्टार ठाउँमा कहाँ हो कहाँ एक्लै पाएं, कुन ठाउँ हो, कस्तो भूगोल हो, वरिपरि के छ, केही पनि थाहा छैन, वरीपरी निपष्ट कालो बाहेक केहीनै देखिदैनथ्यो । कडा भुईंमाथि उभिएको छु त्यतिमात्र थाहा थियो शरीर र मनलाई । चारैतिर निष्पस्ट अध्यारो भएकोकारण कतै जानसक्ने केही उपाय नदेखेर म थचक्क भुईंमा बसें दुवै घुँडा मारेर र दुवै हत्केला भुईंमा टेकेर शिर झुकाएर । केहीबेरपछि भुईंमा टेकोको मेरो देब्रे हातको औंलाका काप र हत्केलाको छेउबाट प्रकाशका किरणहरु निस्के जस्तो देखें, के भएछ मेरो देब्रे हत्केलामा भनेर हत्केला उठाएं, उठाउदा त मेरो देब्रे हत्केलो झलल्ल प्रकाशित भएर बलिरहेको देखें र यो प्रज्वलित उज्यालो प्रकाशले मेरो वरपरका दृश्यहरु देखिए । 


म कहाँ हो कहाँ पहाडको टुप्पोमा निकै अग्लो ठाउँमा विशाल कालो ढुंगोमाथि रहेछु । वरिपरिको दृश्य देखिसकेपछि म कहाँ बसेको रहेछु, कुन ठाउँमा रहेछु भनेर हेर्न र जान्न मन लाग्यो र बलिरहेको देब्रे हातको हत्केलोलाई आफू उभिइरहेको भुइंतिर फर्काएं, म थचक्क बसेको ठाउँ त्यही विशाल कालो ढुंगोको विचतिर रहेछ । निष्पट्ट अध्यारोमा निरउपाय भएको अवस्थामा थचक्क बसेर हात टेकेको ठाउँमा छिनोले खोपेर लेखेको जस्तो लामालामा गोलाइमा घुमाइएका रेखाहरु देखें र देब्रे हातको हत्केलाको उज्यालोमा ती रेखाहरुको अन्तिम बिन्दु खोज्दै–खोज्दै गएं, जव पूरै रेखाहरु ठम्याइसकें त्यसपछि थाहा पाएं ती रेखाहरु सबै जोडिएर ठूलो ॐ अक्षर पो तयार भएको देखियो, त्यस विशाल ढुंगोमाथि दिव्य ॐ अक्षर पो लेखिएको रहेछ । अग्लो पहाडको टुप्पोमा रहेको त्यस विशाल कालो ढुंगोमाथि तिखो औजारले खोपेर लेखिएको ॐ अक्षर माथिनै म घुँडा मारेर र हत्केला टेकेर बसेको रहेछु । दिव्य ॐ अक्षर ठम्याइसकेपछि मेरो अन्तरआत्मामा अन्तरप्रज्ञा भयो मलाई मेरो स्वआत्मिको आवरणमा आएर बारबार स्वयं परब्रम्ह, परमात्मा स्वरुप ॐकारले आफूतिर बोलाइरहनु भएको रहेछ । मेरो देब्र हत्केलो बलेर अन्धकार दुर भएको, आफू पहाडको टुप्पाको विशाल कालो ढुंगोमाथि रहेको र ठूलो ॐकारको विचमा बसिरहेको देखेर आनन्दित भएं र मनमनमा लाग्यो मलाई दिव्य आत्माहरुले आर्शिवाद दिरहनु भएको रहेछ, सहयोग र मार्गनिर्देश गरिरहनु भएको रहेछ स्वयं परब्रम्ह, परमात्मा स्वरुप ॐकारसम्म आइपुग्नका लागि । अन्तरहृदयदेखि सबै दिव्यआत्मा र ॐकार परमात्माप्रति कृतज्ञताले भरिएं र भिजेका नयन सहित नतमस्तक भएर प्रणाम गरें । त्यसपछिका दिनहरुमा मलाई लगातार तीन दिनसम्म स्वयं परब्रम्ह, परमात्मा स्वरुप ॐकारको उर्जा लागिरहयो र परमआनन्दको महासमाधि घटित भैरह्यो, परमात्माको असीम कृपा वर्षियो र वर्षिरहेको छ । 


निरन्तर मौन ध्यान साधनाको केही दिनपछि एकदिन विहानको ध्यान साधनामा मेरो अन्तरहृदयमा आदिशक्ति जगदम्वा जगत जननीको फेरी पदार्पण भयो, वहाँले तँ अव माथि आकाशमा जा, तेरो माथि जाने समय भयो भन्नुभयो । आदिशक्ति जगदम्वा जननीलाई प्रणाम गरेर मैले हस भगवती माता म जान्छु तर कसरी जानें भनेर सोधं । माताले हात माथि उठा र उडेर आकाशमा जा भन्नुभयो । त्यसबखतमा मेरो श्रीमान पनि मसंगै हुनुहुन्थ्यो, वहाँले म पनि तिमीसंगै आकाशमा जान्छु, म तिमी बिना यहाँ एक्लै यहाँ बस्दिन मलाई पनि तिमीसंगै लैजाउ भन्नुभयो र म आकाशतिर उड्नै आँटेको समयमा वहाँले मेरो दाहिने गोडो समात्नु भयो, म उड्न सकिन किनकी श्रीमानले मेरो गोडो समातेको कारण मेरो शरीर भारी भयो । म उड्न सकिन तर आदिशक्ति माताले तँ आकाशमा जा जा भनिरहनु भयो, फेरी पनि प्रयास गरें तर म उड्नै सकिन र आफ्नो समस्या माता समक्ष राखें । माताले अहिले तेरो श्रीमानको आकाशमा जाने समय भएको छैन, तँसंग उ जान सक्दैन उसको शरीर भारी छ, अध्यात्म साधना गरेर शरीर हलुका बनाएको मनुष्य मात्र मुक्त हुनसक्छ, उसलाई यो कुरा सम्झा र आफ्नो शरीर उबाट छुटाएर र तँ मात्र उडेर आकाशमा जा र पछि विस्तारै उसलाई अध्यात्म साधना सिकाएर शरीर हलुका पारेर माथि आकाशमा जान योग्य बना भन्नुभयो । आदिशक्ति माताले भन्नुभएका सबै कुरा मैले हुबहु भनें श्रीमानसंग त्यसपछि वहाँले मेरो गोडा छोड्नु भयो, मेरो शरीर हलुका भयो तर अत्यन्तै दुःखी भएर मेरो गोडा छोड्नु भएको थियो । वहाँको दुःख थियो, म अव मेरो श्रीमतीबाट छुटें, उनी एक्लै मोक्ष गइन भनेर । मैले वहाँलाई भनें म माथि गएर आउछु अनि तपाईंलाई माताले भन्नुभए अनुसार अध्यात्म साधना सिकाउछु त्यसपछि संगै आकाशमा उडौंला भनेर म दुवै हात उठाएर उड्ने प्रयास गरें र म अकाशमा उडें पृथ्वीलोक छोडेर र आकाशमा प्रकाश स्वरुपमा विलय भएं । 


श्रीमान र मेरो विचमा भएको संवाद हाम्रो आत्मा अर्थात चैतन्य चेतनाको तहमा भएको थियो, भौतिक संसारमा जीवनयापन गरिरहनु भएका मेरो श्रीमानको जाग्रीत चेतनालाई संवादका यस्ता विषयहरु अवगत हुदैन रहेछन्, मैले सोधेको थिएं तपाईंको ध्यान साधनामा केही दिव्य सन्देशहरु आएका थिए भनेर तर वहाँले केही पनि सन्देश नआएको जनाउ दिनुभएको थियो, यस अगाडि मैले केही भनिन, र आज पर्यन्त म चुपचापनै छु, कसैसंग केही पनि भन्दिन अध्यात्म साधनासंग सम्वन्धित परालौकिक विषयहरु किनकी यी विषयहरु सबैको समझमा आउदैनन् । सुक्ष्म संसारमा श्रीमान र मेरो चैतन्य चेतनाविच भएको संवादबारे केहीपनि नभनीकन आदिशक्ति माताले भन्नुभए अनुसार मैले भौतिक संसारमा श्रीमानलाई अध्यात्म साधना सिकाउने प्रयास गरें आफूले अनुशरण गरिरहेका विधिहरु अन्तर्गत रहेर । शुरुशुरुमा वहाँले बडो सक्रियताकासाथ रुचि मानेर गर्नुपनि भयो, आध्यात्मिक अध्ययन गर्ने, सतसंगका प्रवचनहरु सुन्ने, योग साधना, ध्यान साधना पनि बढाउनु भयो तर पछिपछि अल्छि गर्नुभयो र व्यवस्तताका कारण विस्तारै पूरै छोड्नु भयो, मैले जति कोशिश गरेपनि वहाँलाई फेरी अध्यात्म साधनामा फर्काउन सकिन, गरौंला गरौंला फुसंदमा भन्नु भयो तर रुचि राख्नु भएन । सायद ऋषिमुनिहरुले भन्नु भएको पात्रताको विषय यस्तै केही हो किनकी अध्यात्म साधनाकालागि सबैकुरा बनिबनाउ अवस्थामा छ घरमै तर वहाँमा रुचि छैन या भनौं पात्रता पुगेको छैन । तर यो समान्य अवस्था हो किनकी हरेक मनुष्य, आत्मा अर्थात चेतनाहरुको आ–आफ्नो छुट्टै कर्मचक्र हुन्छ, प्रारव्ध, संचित र क्रियमाण कर्महरुको चक्र चलिरहेको हुन्छ र त्यही अनुसारनै सबैको जीवन चक्र निर्धारण हुन्छ । अहिले म मेरा आफ्नै प्रकारका दिनचर्याहरु– साधना, लेखपढ, योग–ध्यान प्रशिक्षण र अन्य गतिविधिहरुमा व्यस्त छु, वहाँ आफ्नै दिनचर्या, कार्यालय, बैठक, भेटघाटमा व्यस्त हुनुहुन्छ । म आफैंमा अनन्दित छु र वहाँ आफैंमा आनन्दित हुनुहुन्छ, आखिर हरेक मनुष्यको खोज जीवनको आनन्द नै त हो..., सब्ब मंगलम भवतु !

                                                                         अस्तु
                                                      शिवोहम् ! शिवोहम् !! शिवोहम् !!! 
      




आध्यात्मिक साहित्य

  आध्यात्मिक साहित्य आध्यात्मिक साहित्यः मौन साधनाको महाशक्ति आध्यात्मिक साहित्यः ‘मौन’नै शुन्यता र पूर्णता आध्यात्मिक साहित्य: ‘कर्म’, ‘प्र...